काठमाडौं । देशभरका स्वास्थ्यकर्मी विभिन्न १८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव दामोदर रेग्मी सदस्य छन् । समितिका संयोजक डा. पोखरेलले केही दिनभित्र वार्ता गरी समस्या समाधान गर्ने बताए । नयाँ मन्त्री आएकाले वार्ताका लागि एक–दुई दिन लाग्ने उनको भनाइ छ ।
वार्ता टोली गठन भएको औपचारिक जानकारी आन्दोलनरत स्वास्थ्यकर्मीलाई दिइएको छ । उनीहरूको तर्फबाट पनि वार्ताका लागि सम्बन्धित व्यक्तिको नाम मन्त्रालयले माग्ने भएको छ । कोभिड महामारीको समयमा खाइपाई आएको सेवा–सुविधा कटौती, जोखिम भक्ता नपाएकोजस्ता विभिन्न १८बुँदे माग राखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।
विगतमा पटक-पटक माग राख्दै आएको भए पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिको नेतृत्वमा देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरूले आइतबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शन समेत गरेका छन् । आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।
यसअघि स्वास्थ्यकर्मीहरूले माग पूरा गर्न मन्त्रालयलाई २१ दिनको अल्टिमेटम दिएका थिए । सरकारलाई दिएको अल्टिमेटमको अवधिमा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।
स्वास्थ्य क्षेत्रका २३ वटा पेसागत संघ–संगठनले ७ मंसिरमा मन्त्रालयलाई १८बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनलगायत संघ–संगठनले ऐक्यबद्धता जनाएका छन् ।
चिकित्सक संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्यकर्मीले उठाएका माग जायज भएको बताए । यी मुद्दाहरू सीधा जनतासँग सम्बन्धित भएकाले सम्बोधन गरी तत्काल कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे ।
‘कति साथीहरूको मृत्यु भयो, कति आइसियूमा छन् कति आइसियूबाट बाहिर आए पनि काम गर्न नसक्ने अवस्थामा पुगेका छन्,’ यस्तो अवस्थामा पनि राज्यले स्वास्थ्यकर्मीप्रति ध्यान नदिएको बताउँदै अध्यक्ष कार्कीले भने, ‘ज्यान जोखिममा राखेर स्वास्थ्यकर्मी कोभिडसँग लडिरहेका छन्, तर राज्य चलाउने जिम्मेवार निकायहरूको ध्यान सत्तामा रहेको छ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: