काठमाडौँ । दशौँ संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल तथा ४५ वर्ष उमेरभन्दा बढीको भेट्रान्स युगल विधामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घमा आबद्ध ४७ जिल्लाका खेलाडी तथा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबका गरी झण्डै दुई सय खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा क्वाटरफाइनलमा विजयी हुने खेलाडीले जनही रु आठ हजार, सेमिफाइनलमा विजयी हुनेले रु १६ हजार तथा विजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिला एकल, युगल तथा भेट्रान्स युगलका विजेताले रु २० हजार, उपविजेताले रु १० हजार तथा सेमिफाइनलमा पुग्ने खेलाडीले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्ने सङ्घले जनाएको छ ।
यस्तै छात्रछात्रातर्फ यू–१७ का विजेताले रु १५ हजार, उपविजेताले रु आठ हजार तथा सेमिफाइनलमा प्रवेश गर्नेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता ब्याडमिन्टन सङ्घ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: