Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ । यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कमसल निर्माण सामग्री प्रयोग गरिएकाले हालसम्म पुल प्रयोग गरिएको छैन । भत्काएर फेरि बनाउन सरकारले निर्देशन दिए पनि कम्पनीले बनाएको छैन । पुल निर्माणका क्रममा सडक विभागअन्तर्गतको तत्कालीन आयोजना कार्यान्वयन इकाइले तेस्रोपटक म्याद थप गर्दा कार्यसम्पादन जमानत बराबरको रकम फुकुवा भई देशलाई एक करोड १४ लाख ७६ हजार घाटा भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

तत्कालीन आयोजना प्रमुख बेलबहादुर नेपाली, लेखा अधिकृतद्वय श्यामबहादुर खत्री र नारायणबहादुर थापा तथा लेखापाल गिरिप्रसाद श्रेष्ठउपर जमानत बराबरको रकम असुल, कैद र जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको हो । म्याद थप गर्दा कार्यसम्पादन जमानत नवीकरणको प्रक्रिया पूरा नगरिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

त्यस्तै, ठेक्का पाउने पप्पु कन्स्ट्रक्सनका सञ्चालक सञ्जय रौनियारविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनी कम्पनीका मालिक हरिनारायण रौनियारका छोरा हुन् । हरिनारायणविरुद्ध गत वर्ष नै अख्तियारले मुद्दा चलाइसकेको छ । रौनियार सांसदसमेत हुन् । मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ । नेपालको निर्माण क्षेत्रमा पप्पु कन्स्ट्रक्सन बदनाम छ ।

पुल बनाउने ठेक्का चिनियाँ कम्पनी एआइइसी–पप्पु जेभीले पाएको थियो । करिब २० करोडमा पुल निर्माण भएकोमा १३ करोडभन्दा धेरै भुक्तानी कम्पनीले लगिसकेको छ । डिजाइन अनुसारका सामान प्रयोग नभएको पाइएपछि पुल प्रयोगमा सडक विभागले रोक लगाएको थियो । कालिमाटी–टेकु क्षेत्रको जाम हटाउने उद्देश्यले पुल निर्माण भए पनि हालसम्म सम्झौताअनुसार काम नभएकाले प्रयोग गरिएको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending