Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

महामारीमा पनि रोकिएनन् पाइला

काठमाडौं । जारी कोरोना महामारीबाट जनताको जीवनस्तर र विकास निर्माणका काम प्रभावित भए । खासगरी चिनियाँ कम्पनीसँग जोडिएका आयोजनामध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत दर्जनभन्दा बढी आयोजनाको प्रगतिमा कोरोनाको प्रभाव प्रस्ट देखियो । त्यसो त सरकारले कोरोना महामारीमा पनि विकास निर्माणका काम नरोक्ने नीति लिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - सोहीअनुसार सडक, पुल, झोलुंगे पुल, खानेपानीका ट्यांकी, सम्पदा पुनर्निर्माण, भूकम्पपछिको पुनर्निर्माण र एकीकृत बस्ती विकासका योजनामा प्रगति भएको सरकारको भनाइ छ । पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति गर्न नसके पनि निजी क्षेत्रको लगानीमा निर्माणाधीन ठूला होटलको भौतिक पूर्वाधार निमार्णको कामले भने निरन्तरता पायो । राजनीतिक उतारचढावका कारण पर्यटनलक्षित ठूला सरकारी आयोजनाको काम अझै पछि धकेलिने सम्भावनाबीच तारे होटल निर्माणको काम भने धमाधम अघि बढिरहेको छ ।

महामारीकै कारण मुलुकको पर्यटन क्षेत्रले सबैभन्दा बढी समस्या भोगे पनि पूर्वाधार निर्माणको कामले गति जारी राख्दा पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ । राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कोरोनाकै कारण बीचैमा रद्द भए पनि भ्रमण वर्षलाई लक्ष्य गरी निर्माणाधीन दर्जनभन्दा बढी पाँचतारे होटलको काम लकडाउनमा पनि नरोकिएको लगानीकर्ताहरूले जनाएका छन् ।

खासगरी असारको पहिलो हप्तादेखि लकडाउन केही खुकुलो भएसँगै होटल निर्माणको कामले गति लिन थालेको हो । लकडाउनअघि निर्माण थालिएका केही होटलको काममा असारसम्म निर्माण सामग्री र प्राविधिक सहितका कामदारको अभाव देखिए पनि लकडाउन खुकुलो र व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सन्तोषजनक अवस्थामै फर्किएको सम्बद्ध व्यवसायीको भनाइ छ ।

संसारभरका हरेक १० रोजगारीमध्ये एकजनालाई पर्यटन क्षेत्रले रोजगारी दिने गरेको सयुक्त राष्ट्रसंघीय आँकडा छ । हालको महामारीले नेपालको पर्यटन क्षेत्र १० वर्षपछि धकेलिएको बताइन्छ । नेपालको सन्दर्भमा सबैभन्दा बढी कोरोनाले क्षति पुर्‍याएको क्षेत्रमध्ये पर्यटन उद्योग एक हो ।

२० लाख पर्यटक भित्र्याउन सरकारलाई साथ दिन होस्टेमा हैंसे गर्दै आएका होटल व्यवसायीले सञ्चालनमा रहेका होटलको अकुपेन्सी घटेर शून्यमा झरेपछि व्यवसायबाटै पलायन भएका उदाहरणबीच अर्बौं रूपैयाँ लगानीमा निर्माणाधीन होटलको निर्माण कार्यले भने यो क्षेत्र पुनः एक दिन जाग्ने आशा देखाइरहेको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार अर्बभन्दा माथि लगानीमा हाल दर्जनभन्दा बढी पाँचतारे होटल निर्माणको चरणमा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending