Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पछिल्लो ३ वर्षमा बाँकेमा ८ सयभन्दा बढी महिला तथा बालबालिका बेपत्ता

\"\"

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।

भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीेले जनाएको छ ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएको हुँदा उनीहरुको आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दर्ता गराएका छन् । हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक २०७५/७६ मा ३७०, २०७६/७७ मा ३११ र २०७७/७८ मा १२७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन् । तीमध्ये आव २०७५/७६ मा तीन, २०७६/७७ मा ३१ र २०७७.७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिए ।

बाँकेमा आर्थिक वर्ष २०७७७८ मा १२७ महिला तथा बालबालिका हराएका छन् । चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन् । तीमध्ये ९२महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ । हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: