मोरङ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार पूर्ण अवधिको भएकाले पहिले जसरी काम गर्ने बताएका छन् ।
नेपाल वुद्धिजीवी परिषद् मोरङद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रममा उनले निर्वाचन आयोगले चुनावको कार्यक्रम सार्वजनिक नगरेसम्म सरकारलाई आचारसंहिता नलाग्ने र सबै कार्य गर्ने स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले जनता समक्ष नयाँ जनमत लिनका लागि गरिएको संसद् विघटन कार्य लोकतान्त्रिक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले बहुमतको नाममा बन्धक बनाएकाले ताजा जनादेश लिन निर्वाचनमा जानु बाध्यता भएको धारणा व्यक्त गरे । उनले संसद् विघटन आकस्मिक नभएको चर्चा गर्दै जनताको पक्षमा कार्य गर्न नपाएकाले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपर्ने अवस्था आएको बताए ।
मन्त्री ज्ञवालीले तोकिएको समयमा निर्वाचन हुने बताउँदै सरकारले जनताका लागि गरेको उपलब्धिलाई घरघरमा पुर्याउन सबैसँग आग्रह गरे । उनले हाम्रो तर्फबाट पार्टी विभाजन नभएको प्रष्ट पार्दै नीतिगत र सैद्धान्तिक ढङ्गले छुट्टिएर गएका समूहलाई प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामा जनता समक्ष जानु उपयुक्त भएको भन्दै संविधानमा संसद् विघटनको परिकल्पना नगरेको भन्नु गलत भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनबाट सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दिएको विकल्प प्रचण्ड–नेपाल समूहलाई मान्य नभई जबरजस्ती सत्ताबाट हटाउन अविश्वास प्रस्ताव ल्याउन लागेकाले संसद् विघटन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहले सत्ता र पार्टी कब्जा गर्न विगतमा पार्टी एकता र गठबन्धन गरेको आज प्रष्ट भएको चर्चा गर्दै यस कार्यबाट आज सिङ्गो मुलुकका कार्यकर्तालाई वर्तमान सरकारप्रति एक ढिक्का बनाएको बताए ।
उनले विगत तीन वर्षको अवधिमा मुलुकमा विकास निर्माणले गति लिएको अवस्थामा छुट्टिएर गएका समूहले मुलुक र राजनीतिलाई अस्थिरता बनाउन महत्वाकांक्षाका साथ वर्तमान अवस्था सिर्जना गरेको आरोप लगाए ।
छलफलमा परिषद्का मोरङ अध्यक्ष टीकाराम पुरी, तारानाथ निरौला, डा अर्जुनकुमार बराल र यज्ञप्रसाद शर्माले अवधारणपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेललगायत सहभागी थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: