चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ ।
विश्वविद्यालमा महत्वपूर्ण पद आफू र आफ्नो समूहलाई हात पार्ने नाउँमा विश्वविद्यालयलाई बन्दक वनाइएको हो । विश्वविद्यालयमा प्रजातन्त्रवादी प्रध्यापक सङ्घ, प्रगतिशील प्राध्यापक सङ्गठन र ज्यालादारी कर्मचारीले छुट्टाछुट्टै ताला लगाएका छन् ।
प्रगतिशील प्राध्यापक सङ्गठनले रजिष्ट्रार नियुक्ति अघि भएका डिनको नियुक्ति खारेजको माग गदै तालाबन्दी गरेको हो भने सङ्घले राजनीतिक आस्थाका आधारमा पदाधिकारी छनोट भएको जनाउँदै नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाएको हो । सङ्घले निष्पक्ष पदाधिकारी नियुक्तिको माग गर्दै केन्द्रीय कार्यालयमा ताला लगाएको हो ।
कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने मागगर्दै तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गरिँदै आएको छ । उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयको समस्या समाधान गर्न प्रयास भैराखेको जानकारी दिए । उनले भने, “हामी वार्ता र सहमतिबाट समस्याको निकास निकाल्न भने लागिरहेका छौँ ।” विश्वविद्यालयमा उपकुलपति रिक्त भएको एक वर्षपछि उनी नियुक्त भएका हुन् । उनले डिन नियुक्त गरेर रजिष्टारको सिफारीश गरेका थिए ।
विश्वविद्यालयमा योजना, पाठ्यक्रम विकास, जैविक प्रविधि, विद्यार्थी कल्याण निर्देशनालय, फार्म, भेटेनरी शिक्षण अस्पताल, निरन्तर शिक्षा केन्द्र, स्नातकोत्तर निर्देशनालयको निर्देशक, परीक्षा नियन्त्रक र तीन सङ्कायका पाँच जना सहायक डीन रिक्त रहेको छ । अगामी फागुन महिनाबाट अनुसन्धान तथा प्रसार निर्देशनालयका उप निर्देशक र परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक खाली हुँदैछ । परीक्षा नियन्त्रक र स्नातकोत्तर निर्देशनालयका निर्देशक डीनसरहको पद हो भने अन्य सहायक डीन सरह हो ।
तीनै पद प्राप्तिका लागि प्रध्यापक र कर्मचारीले विभिन्न ढङ्गबाट आन्दोलन गरेको उपकुलपति प्रा डा रेग्मीको बुझाइ छ । विश्वविद्यालयमा तालाबन्दी र अस्तव्यस्तता बढ्नुको पछाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मुख्य रहेको त्यहाँ कार्यरत प्रध्यापक बताउँछन् । हाल विश्वविद्यालयमा प्रगतिशील प्रध्यापक सङ्गठन निकट रजिष्टार, सेवा आयोग अध्यक्ष र भेटेनरी डीन, नेपाल राष्ट्रिय प्रध्यापक सङ्गठन निकटका उपकुलपति र कृषिका डीन, प्रजातन्त्रवादी प्रध्यापक सङ्घ निकटका वन सङ्कायका डीन र अनुसन्धान तथा प्रसार निर्देशक रहेका छन् ।
तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक, आर्थिक गतिविधि ठप्प भएको छ । शैक्षिक कार्यक्रमसमेत प्रभावित भएको छ । समयानुकूल परीक्षा हुन सकेको छैन । विश्वविद्यालयको सभा बस्न नसक्दा बजेट पारित हुन सकेको छैन । विनास्वीकृत आर्थिक गतिविधि सञ्चालन भइरहेको छ । विकास निर्माण र पूँजीगत खर्च रोकिएको विश्वविद्यालयले जनाएको छ ।
शिक्षण, अनुसन्धान र प्रसारको उद्देश्यका साथ विश्वविद्यालय स्थापना गरिएको हो । विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले पदाधिकारी जिम्मेवार नबन्दा र सरकारले ध्यान नपुर्याउँदा विश्वविद्यालय धरासाही बन्दै गएको बताए । उनले भने, “यस्तै अवस्था हो भने विश्वविद्यालय विघटनतर्फ जान्छ ।” सरकारसँग निकट रहेका प्राध्यापकको अधिनमा विश्वविद्यालय रहेको र उनीहरुकै बीचको लडाइँले अस्तव्यस्त बन्दै गएको उनको बुझाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: