खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान शुरु गरेको छ । नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान गर्ने उद्देश्यले मङ्गलबारदेखि नगरपालिकाले औपचारिकरूपमा रगत परीक्षण अभियान शुरु गरेको हो ।
नगरपालिकाको वडा नम्बर–१ दिक्तेलस्थित पञ्च माविबाट शुरुआत गरिएको अभियान नगरप्रमुख दीपनारायण रिजालले ब्यानर खोलेर शुभारम्भ गर्नुभयो । नगरपालिकाको स्वास्थ्य शाखा र रक्त सञ्चार केन्द्रको सहकार्यमा अभियान शुरु गरिएको हो ।
पञ्च माविमा कक्षा–८ मा अध्ययनरत छात्र प्रविन आचार्य र छात्रा गङ्गा आचार्यको शुरुमा रक्त समूह पहिचान गरिएको थियो । प्रविनको ‘ओ’ पोजेटिभ तथा गङ्गाको ‘बि’ पोजेटिभ रहेको कार्डसमेत नगरप्रमुख रिजालको हातबाट हस्तान्तरण गरिएको छ ।
नगरपालिकाभित्र ९३ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सबै विद्यालयका गरी आठ हजार ८४६ जना विधार्थीको क्रमशः रक्त समूह पहिचान गरिने नगर स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार सम्पूर्ण विधार्थीको रक्त समूह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखि विधार्थीको परिचयपत्रमा रक्त समूह उल्लेख गरिने जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया र सशस्त्र प्रहरी प्रमुख सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको छ ।
कोरोना भाइरस आउनुभन्दा अगाडिबाटै शुरुआत भएको ‘स्कूल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समूह पहिचान अभियान थालिएको नगरप्रमुख रिजालले बताए । “जिल्लामा दाताको भरमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिएको छ”, उनले थपे, “विद्यार्थीको परिचयपत्रमा नै रक्त समूह उल्लेख गरेपछि दुर्घटना जस्ता आपतकालीन अवस्थामा रगत सङ्कलन तथा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।”
यसअघि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङमा रक्त सङ्कलन केन्द्र स्थापना गरिएको गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको नेतृत्वमा सञ्चालन हुने गरी स्थापना गरिएको रक्त सञ्चार केन्द्र चौबीसै घण्टा सञ्चालन हुने गरेको छ ।
जिल्लामै पहिलो पटक स्थापना गरिएको रक्त सञ्चार केन्द्रका लागि चौबीसै घण्टा काममा रहने गरी नगरपालिकाबाट तीन तथा अस्पतालबाट एक जना दक्ष कर्मचारी खटाइएको नगरप्रमुख रिजालले बताए । “रगत अभावमा कसैले पनि ज्यान गुमाउन तथा रगत खोज्न अन्यत्र जानु नपरोस् भन्ने उद्देश्य राखिएको छ”, उनले भने, “रक्त सञ्चार केन्द्रलाई थप प्रभावकारी तथा निरन्तर सेवा दिने बनाउन भक्तपुर शाखासँग सात बुँदे सम्झौता गरिएको छ ।”
जिल्लाको एक मात्र सरकारी अस्पतालमा यस अघिसम्म ब्लड बैंक (रक्त भण्डारण गृह) नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीले नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था थियो । जिल्लामा रक्तदान गर्ने व्यक्ति अधिक भए पनि भण्डारण गृह नहुँदा समस्या भएपछि रेडक्रसको पहलमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र पन्ध्र शय्याको अस्पताल सञ्चालनमा छ । पन्ध्र शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने विषयमा गत वर्ष नै मन्त्रिपरिषद्बाट निर्णय पारित भए पनि अहिलेसम्म काम अगाडि बढेको छैन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: