Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ ।

नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक अन्य तेस्रो मुलुकमा नेपाली चिया उच्च मूल्यमा बिक्छ । विश्वका कुनाकुना पुग्ने नेपाली चिया नेपालकै अधिकांश जिल्लामा अहिले पनि देखिँदैन । अर्थोडक्सलाई स्वास्थ्यबद्र्धक मानिन्छ तर एकातिर गुणस्तरीय र अर्कातिर स्वदेशी उत्पादन भए पनि नेपालमै पहिचान बनाउन नसक्नु लज्जास्पद देखिन्छ ।

भारतले नेपाली चियालाई ‘गुणस्तरहीन’ भन्दा पनि भारतमै चिया बेच्नुपर्ने बाध्यता छ तर नेपाली बजारमा चिया पुर्याउन अहिलेसम्म कसरत भएकै देखिँदैन । पन्ध्र प्रतिशत अर्थोडक्स मात्र नेपालमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ । बाँकी चिया भारतलगायतका अन्य मुलुकमा बिक्री हुन्छ । नेपालकै ठूलो जमातले तराईको सिटिसी (क्रस टियर क्रल) चिया पिउनुपर्ने बाध्यता छ ।

भारतले चियामा हेपाहा प्रवृत्ति देखाउँदा अर्थोडक्सले कि तेस्रो मुलुक कि आन्तरिक बजारमा खपत गराउनुपर्ने हो तर यस्तो प्रयास भएको छैन । तेस्रो मुलुकका लागि व्यक्तिगतरूपमा बिक्रेताले बजार विस्तार गरे पनि आन्तरिक बजार जस्ताको तस्तै छ । यसैले एकातिर गुणस्तरीय चिया कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ भने कम गुणस्तरीय चिया नेपालमै बाहिरबाट भित्र्याउनुपर्ने स्थिति देखिन्छ ।

अहिले पनि धेरै नेपालीले अर्थोडक्स चियाको स्वादै नपाएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका संस्थागत अध्यक्ष गोविन्द दाहालले बताए । सरकारी क्षेत्रबाट प्रवद्र्धनका काम कम र अर्थोडक्सको लागत बढी भएकाले नेपाली बजारमा नपुगेको दाहालको भनाइ छ । दाहालका अनुसार नेपाली बजार बिगार्न भारतबाट सस्तो मूल्यमा चिया ल्याएर नेपाली चिया खपत हुन नसक्ने स्थिति बनाइने गरेको छ । गुणस्तरीय भन्दै भारतबाट चिया भित्र्याउने र नेपाली चियालाई बाहिर पठाउने गरिनाले चियाको आन्तरिक बजार नबढेको उनको भनाइ छ । “नियतवश यस्ता काम हुने गरेका छन् । यस्ता काम हुन दिएसम्म नेपाली बजार बलियो हुनै सक्दैन”, उनले भने । दाहालले पछिल्लो समय भने आन्तरिक बजार बढाउन केही काम हुन थालेको बताए । सिटुसी बिजनेस (को–अपरेटिभ टु को–अपरेटिभ÷सहकारीबाट सहकारी) अभियानले आन्तरिक बजार विस्तार थालेको दाहालले बताए । “एक जिल्लाको सहकारीले अर्को जिल्लाको सहकारीसँग साझेदारी गर्नुपर्ने नीति छ”, दाहालले भने, “यसले बजार विस्तार गर्न सक्छ ।”

त्यसो त बाह्य बजारमा नेपाली चिया पुर्याएवापत सरकारले छुट दिने गरेको छ । छुट भएकाले पनि बिक्रेताको आँखा नेपाली बजार नपरेको हो । पूर्वी पहाडी जिल्लाको अर्थोडक्स राजधानी (काठमाडौँ) समेत नपुग्ने गरेको देखिन्छ । चिया भन्नेबित्तिकै सिटिसी बुझिने र गुणस्तरीय अर्थोडक्स गुमनाम पारिनाले नेपाली खपत घटाइँदै लगेको देखिन्छ । चिया अर्थोडक्स ‘अग्र्यानिकरण’ भएको र ‘अग्र्यानिक’ प्रयासमा रहेकाले महङ्गो पर्नाले आन्तरिक बजारमा नचिनिएको चियाका ‘अग्र्यानिक’ अनुसन्धनकर्ता (इन्सपेक्टर) विशाल केसीले बताए । अर्थोडक्स चिया पनि विभिन्न प्रकारका बनाइन्छ । अनेक स्वाद लिनका लागि अर्थोडक्स चियाबाट कालो टी, ग्रीन टी, यल्लो टीलगायतका प्रकार बनाइन्छ । यी चिया महङ्गो पर्ने र नेपालीले खरिद गर्न नसक्ने भएकाले अर्थोडक्स नचिनिएको केसीको भनाइ छ ।

अर्थोडक्स चियाको अग्र्यानिकरणका लागि पनि उद्योगले महङ्गो रकम तिर्नुपर्छ । यसका साथै वार्षिक नवीकरण गर्नुपर्छ । यस्ता सबै खर्च जोड्दा अर्थोडक्समा लागत बढी पर्ने गर्छ तर सरकारले अर्थोडक्सलाई प्रमुख आवश्यकतामा राखेर नेपाली बजारमा पुर्याउन पहल गरे लागत कम हुने केसीको भनाइ छ । “पछिल्लो समय चियामा अनुसन्धानकर्ता र प्राविधिक बढिरहेका छन् । यतापट्टि सरकारको चासो हुनुपर्यो”, केसीले जनाए, “किसान तहसम्म सरकारी अनुदान र सहुलियत ऋणका काम पुगेमा लागत घटेर जान्छ तर यस्तो हुनसकेको छैन ।”

सरकारले चिया क्षेत्रलाई नहेरेकाले पछि परेको भनेर आलोचनासमेत गरिन्छ । विदेशी मुद्रा विनिमयमा महत्वपूर्ण हिस्सा ओगट्ने यो क्षेत्रलाई स्वदेशमै प्रवद्र्धन गर्दा नेपाली उपभोक्ता बढ्ने निश्चित छ । हाल नेपाली चिया ३१ देश पुग्ने गरेको छ भने १३ देशबाट चिया आपूर्ति हुने गरेको तथ्याङ्कले देखाउँछ । यदि नेपाली चियालाई प्रोत्साहन गर्ने हो भने विदेशको चिया भित्र्याउनु नपर्ने देखिन्छ । यता चिया तथा कफी विकास बोर्डले भने पछिल्लो समय अर्थोडक्स चियाको प्रोत्साहनको काम शुरु भएको जनाएको छ । बोर्डले तत्कालै प्रदेश÷प्रदेशमा ‘आन्तरिक बजार प्रमोसन सेन्टर’ खोल्न लागेको छ ।

अहिले यसका लागि कागजी काम भइरहेको छ । चिया प्रवद्र्धनका लागि बोर्डको पहिलो कार्यालय पोखरामा खोल्नेसमेत निर्णय गरिएको छ । “कोरोनाले अवरोध गरेकाले काम हुनसकेको छैन, तत्काल काम गर्नेछौँ”, चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले भने, “अहिले नेपाली अर्थोडक्सको खपत १५ प्रतिशतमात्र नेपालमा छ । यसैले हामीले प्रमोसनका कार्यक्रम ल्याएका हौँ ।” सेन्टरमार्फत सातै प्रदेशबाट अर्थोडक्सको प्रवद्र्धन गर्दा चिया खरिदकर्ता बढ्ने बोर्डको अनुमान छ । साथै बोर्डले चीन सरकारसँग प्रत्यक्ष व्यापार गर्न सम्झौता गर्न लागेको छ । अहिले व्यक्तिगतरूपमा चिया जाँदै गरेकामा अब भने नेपाल–चीन उडानमार्फत नै चिया लानका लागि सम्झौता गर्न लागिएको हो ।

“हामीले परराष्ट्र मन्त्रालयमार्फत ‘डिप्लोम्याटिक नोट’ पठाइसक्यौँ, निकट भविष्यमै यो काम हुन्छ”, निर्देशक डा भट्टराईले भने, “लागत पनि घट्छ र किसानले उचित भाउ पाउँछन् ।” गएको वर्ष मात्रै रु तीन अर्ब २० करोड ३९ लाख चार हजारको एक करोड ५० लाख चार हजार ३८० किलो चिया नेपालबाट निर्यात भएको देखिन्छ । यस्तै गत वर्ष रु ११ करोड ७७ लाख ३२ हजारको तीन लाख ४३ हजार ३५३ किलो चिया आयात भएको बोर्डको तथ्याङ्कले देखाउँछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy