Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

‘खोप खरिद प्रक्रिया अघि बढ्यो’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप आयो । त्यसैगरी खरिद प्रक्रियाबाट पनि कसैलाई नभनी आउँछ । त्यसका लागि सरकारले आधार खडा गरेर प्रक्रिया अघि बढाइसकेको छ’, पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सञ्चालित खोप अभियानको निरीक्षण गर्न परासी पुगेका मन्त्री त्रिपाठीले शुक्रबार पत्रकारसँग भने । पत्रकारले खोप खरिद प्रक्रिया कहिले सुरु हुन्छ भनी मन्त्रीसमक्ष जिज्ञासा राखेका थिए ।

मन्त्री त्रिपाठीले खोप व्यावसायिक, प्रशासनिक र कूटनीतिक ढंगले कसैले कसैलाई नदिने बताए । त्यसका लागि राजनीतिक प्रयत्न चाहिने र सरकार त्यसमा लागिपरेको उनको भनाइ थियो । उनले दोस्रो चरणको अभियानमा ५५ वर्षदेखि माथिको उमेरसमूहका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी यही उमेरसमूह प्रभावित देखिएको छ । त्यसपछि क्रमशः अरू उमेरसमूहमा लगाइने उनले बताए ।

उनले अभियान निरन्तर चलिरहने जानकारी दिए। जिल्ला अस्पतालमा केन्द्रित अभियान दोस्रो चरणमा १६ हजार बढी खोप केन्द्रबाट सञ्चालन गरिने उनको भनाइ थियो । उनले ७२ प्रतिशत जनसंख्या खोप योग्य रहेको र अहिले आएको खोप करिब ३ प्रतिशतलाई पुग्ने उल्लेख गरे । अरू २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी कोभ्याक्सले दिने प्रतिबद्धता गरेको उनले सुनाए ।

यसैबीच, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खरिदलगायत प्रक्रियाको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई दिइएको जानकारी दिएका छन् । सस्तोमा चाहिए जति दिन सक्ने, गुणस्तरीय खोप नै पहिलो प्राथमिकतामा रहेको प्रवक्ता डा. गौतमको भनाइ छ ।

विभाग स्रोतका अनुसार खोपमा जीटुजी (सरकार–सरकार) र खोप उत्पादक कम्पनीसँग सीधै खरिद गर्नेबारे छलफल भइरहेको छ । तर, प्रवक्ता डा. गौतमले भने, ‘कोरोनाविरुद्धको खोप सरकारले नभई सम्बन्धित मुलुकको कम्पनीले उत्पादन गर्ने भएकाले सीधै खरिद गर्ने पनि हुन सक्छ ।’

विभाग स्रोतले जीटुजी पनि प्राथमिकतामा रहेको र उच्च तहबाट पहल भइरहेको बतायो। त्यस्तै सार्वजनिक खरिद प्रक्रियामा जाने विकल्प पनि छ । भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोजबाट खोप अभियान अघि बढाइएको छ । यसले ४ लाख ३० हजार व्यक्तिलाई पुग्ने अनुमान मन्त्रालयले गरेको छ । सार्कमा खोप लगाउनेमा भारतपछि नेपाल दोस्रो मुलुक भएको छ ।

प्रधानमन्त्रीको प्रतिबद्धता व्यक्त हुनुका पछाडि केही आधार रहेको विभागका अधिकारी बताउँछन्। ‘केही आधार भएरै प्रधानमन्त्री ज्यू बोल्नु भएको होला । उच्च तहमा राजनीतिक एवं कूटनीतिक पहल भइरहेको छ’, स्रोतले भन्यो । खोप खरिद गर्न ४८ अर्ब रकम लाग्ने अनुमान गरिएको छ । २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने खोप भए उपयुक्त हुने खोप शाखाले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy