Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

ब्राजिलमा २ लाख २२ हजार कोरोना सङ्क्रमितको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ ।

त्यसैगरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित भएका र २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ ।

ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा देखिएको नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् ।

ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चितकालका लागि रोकेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending