Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब

काठमाडाै‌ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १४.१० अङ्कले वृद्धि भई ४५१.३८ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत वृद्धि भएको छ ।

कूल २०० कम्पनीको एक करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मूल्यमा खरिद बिक्री भए । आजको सुधारपछि कूल बजार पूँजीकरण पनि रु ३३ खर्बमाथि पुगेको छ । नेप्सेका अनुसार आजको कूल बजार पूँजीकरण रु ३३ खर्ब ३२ अर्ब ४१ लाख ७० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो । होटल ६२.०८ ले घट्दा बैंकिङ ३३.७१, व्यापार ३३, विकास बैंक २८.३८, जलविद्युत् ३३.९४, वित्त १.४४, निर्जीवन बीमा ६२६.२, उत्पादन ६१.२९, अन्य ८०.०२, लघुवित्त १५२.१२, जीवन बीमा ५९४.२४ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । कारोवार भएका कूल कम्पनीको शेयरमध्ये आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड ५६ लाख ९८ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, ग्लोबल आइएमई बैंक रु ५३ करोड ६३ लाख ४८ हजार ९०९, नेपाल दूरसञ्चार कम्पनी रु ३८ करोड ४३ लाख ४५ हजार १५०, शिखर इन्स्योरेन्स रु ३४ करोड ढ१ लाख ७८ लाख ३३८, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड चार लाख २१ हजार १८, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८७ लाख ७२ हजार ३३९, नेको इन्स्योरेन्स रु २२ करोड २४ लाख ४६ हजार ४२२, एनआइसी एशिया बैंक रु १६ करोड ५६ लाख २३ हजार ९९६, नोपल इन्स्योरेन्स रु १४ करोड १९ लाख ५६ हजार ७४२ र एनएलजी इन्स्योरेन्सको रु १३ करोड ६० लाख ८५ हजार ८६९ बराबरको कारोवार भई शीर्ष १० मा रहेका छन् ।

कारोवारका आधारमा आज प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ९.९८, सर्पोट माइक्रो फाइनान्स ९.९८, गुराँस लघुवित्त ९.९५, अजोड इन्स्योरेन्स ९.९०, रिलायान्स लाइफ ९.९०, सानिमा जनरल इन्स्योरेन्स ९.८७, जनरल इन्स्योरेन्स ९.८६ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए । यस्तै, ओरण्टल होटल ४.१५, सोल्टी होटल २.७०, श्री इन्भेस्टमेन्ट फाइनान्स २.६२, तारागाँउ रिजेन्सी होटल २.४५, सेञ्चुरी बैंक २.३७, नारायणी डेभलपमेन्ट बैंक २.३६, वेस्ट फाइनान्स २.३५ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २.३४ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies