Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

पोर्चुगलमा नेपाली सङ्गीत

काठमाडौं ।शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा छन् । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा सक्रिय सिलवाल विदेशी भूमि पोर्चुगल आएपछि प्रायःजसो नेपाली गीत सङ्गीतका कार्यक्रममा व्यस्त भइरहन्छन् ।

नेपालीको सङ्ख्या अत्याधिक रहेकाले कार्यक्रम पनि लगातार भई रहन्छन् । उनीलाई सङ्गीतको नशाले छाड्न सकेन तर पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण कार्यक्रम ठप्प छन् । उनको गीतसङ्गीत र अभिनयप्रतिको मोह घटेको छैन । उहाँले यो समयमा लगभग आधा दर्जन म्युजिक भिडियो निर्देशन, सम्पादन गरेर युटुवमार्फत सार्वजनिक गरिसेका छन् भने युरोपकै कथामा आधारित हैट युरोप टेलिशृङ्खला निर्देशन गरिरहेका छन्।

साथै उनले लोक दोहोरीको कार्यक्रम चौतारी र नेपाल बाहिरका नेपाली कार्यक्रम पनि उत्पादन गरेर युटुवमार्फत प्रसारण गरेका छन्। जेबी ओली वैदेशिक रोजगारको सिलसिलामा छ वर्षयता पोर्चुगलमा छन् । नेपालमा हुँदा लोक तथा दोहोरी गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक ओलीले आफू र आफ्नो परिवारको उज्वल भविष्य बनाउने सपना देखेर युरोपेली मूलुक बेल्जियममा साङ्गीतिक कार्यक्रममा आएका बखत यतै बस्ने निर्णय गरे।

यतै बस्ने मन पटक्कै थिएन सङ्गीत क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण कलाकारिताको बजार नभएको र आफ्नो गुजारा चलाउन कठिनाई भएपछि मनलाई दर्हो बनाएर यतै बसेको उनी बताउछन् ।

प्रवासी भएपछि आफ्नो रुचिको पेशालाई समय दिनै समस्या आएको उनले बताए । उनले शुरुशुरुमा आफ्नो काम, बसाइँ अनुमतिपत्र बनाउनतर्फ मेहनत गर्नुपर्यो । पोर्चुगलको बसाइँ अनुमतिपत्र बनेपछि आफ्नो कामबाट समय निकाल्दै साङ्गीतिक कार्यक्रममा सहभागी भएर आफ्नो गायन कला प्रस्तुत गर्न थालेको उनी बताउछन् ।

दुई दर्जन बढी चर्चित लोकगित सङ्गीत पारखीको माझमा पस्कनुका साथै लाइभ दोहोरी प्रतियोगितामा प्रथम हुनुभएका गायक ओली पछिल्लो समयमा युरोपेलीमूलुक स्पेन, डेनमार्क, नर्वे, बेल्जियमलगायतका देशमा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै आएका छन् । उनी मञ्चमा कार्यक्रम हुन छाडेपछि भर्चुअल माध्यमबाट सङ्गीत प्रेमीको तिर्खा मेटाउँदै आएका छन् । उनी पनि युटुब, टिकटक र फेसबुक लाइभमा व्यस्त छन् ।

उनी जस्तै रोल्पाकी अङ्किता मगरको सपना पनि युरोपको बसाइँ अनुमतिपत्र बनाउने सोचाइका साथ दुई वर्षसम्म नेपालमा सिकेको सङ्गीतलाई बिट मार्दै पाँच वर्ष पहिला विदेश पलायन भए । हाल उहाँ पोर्चुगलमा छिन् । उनी वैदेशिक रोजगारसँगै आफ्नो गायन पेशामा निरन्तर छन्। उहाँले एक दर्जन भन्दा बढी लोकगित र आधुनिक गित बजारमा ल्याइसक्नुभएको छ भने केही गीत पोर्चुगलमै रेकर्ड गरेर बजारमा आउँदैछन् । उहाँ पनि अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत आफ्ना शुभचिन्तकलाई मनोरञ्जन दिँदै आफूले पनि सङ्गीतलाई निरन्तरता दिँदै आएको बताउछिन््।

हार्मोनियम लिएर प्रायःजसो फेसबुक लाइभमा देखिने अर्का गायक पूर्ण अर्याल नेपालमा छँदा स्कुले जीवनबाटै अतिरिक्त कार्यक्रममा सहभागी हुँदाहुँदै गायन क्षेत्रमा लागेका थिए। अर्याल थुप्रै लोकदोहोरी गीति एल्बम निकाल्दै , प्रत्यक्ष प्रतियोगितामा सहभागी हुँदै आफ्नो कलाकारितामा सक्रिय भएर लागेका थिए।

राजनीति र व्यवसायमा सक्रिय चिजकुमार तामाङ पोर्चुगलमा पुराना र सहयोगी व्यक्तिमा गनिन्छन् । पछिल्लो समय कोभिड–१९ का कारण पोर्चुगलमा कार्यक्रम भएका छैनन् । उनी पनि अहिले प्रायःजसो सारङ्गी, मादल र हार्मोनियमसँगै फेसबुक प्रत्यक्ष प्रसारणमा नै देखिन्छन् । कोभिडले त्रास र तनाब त छ्दैछ त भाषणको जिन्दगीबाट फुर्सदको यो समय उनको लागि छुट्टै आनन्दले बितिरहेको उनी बताउछन् । स्कुले जीवनमा सिकेको सङ्गीत र व्यस्तताले गुमाउँदै गरेको रहर अहिले फेसबुकलाईभमार्फत पोख्न्नुको खुशी उनी बारम्बार व्यक्त गर्दै पुराना कालजयी गीत प्रस्तुत गरिरहन्छन् ।

यी त पोर्चुगललाई कर्मथलो बनाएका कलाकार पात्रहरु मात्रै हुन । पोर्चुगलमा थुप्रै कलाकार छन् । कोभिड –१९ का कारण काम गुमाएर बस्ने नेपालीको सङ्ख्या अत्यधिक छ । यस्तो प्रतिकूल अवस्थामा कलाकारले आफ्नो कलालाई यसरी प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गराइरहदा दर्शकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया आएको उनीहरुले बताउछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies