विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीनबुँदे सहमतिअनुसार काङ्ग्रेस सरकारबाट बाहिरिने भएपछि मन्त्रीले राजीनामा दिन लागेका हुन्।
नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिएको छन्। सोही निर्देशनबमोजिम मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्।
यसैबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेसका मन्त्रीहरूलाई धन्यवादसहित बिदाइ गर्ने उद्देश्यले आज अपराह्न ३:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले काङ्ग्रेसका मन्त्रीहरूले आज वा भोलि बिहानसम्म राजीनामा बुझाउने जानकारी प्राप्त भएको बताए।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारस पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीस उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीस स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ छन्।
एमाले र काङ्ग्रेसबिचको सत्ता सहमतिपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनीहाँहरू मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएको थिए। काङ्ग्रेस सरकारबाट बाहिरिएपछि अब एमाले र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नयाँ मन्त्रीहरूलाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ।
कोशी प्रदेशमा २०७९ पुस २४ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएयता सत्ता समीकरणमा निरन्तर फेरबदल हुँदै आएको छ। त्यस क्रममा उद्धव थापा र केदार कार्कीको नेतृत्वमा समेत सरकार गठन भएका थिए। सर्वोच्च अदालतका आदेश, विश्वासको मत र केन्द्रीय सत्ता समीकरणका कारण प्रदेशमा पटक(पटक सरकार परिवर्तन तथा मन्त्रिपरिषद् पुनर्गठन हुँदै आएको छ।
पछिल्लो पटक २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएपछि एमाले, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र काङ्ग्रेसलगायत दल सरकारमा सहभागी भएका थिए। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा परेको हो। काङ्ग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कोशी प्रदेश सरकारको स्वरूप पुन: परिवर्तन हुने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...
श्रावण २७ गते, २०८३ - १५:२१
विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (...
श्रावण २७ गते, २०८३ - १५:०४
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...
श्रावण २७ गते, २०८३ - १४:५१
काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...
श्रावण २७ गते, २०८३ - १४:०५
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । ...



प्रतिकृया लेख्नुहोस्: