चितवन । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।
प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।
प्रेम दिवसमा उपहारका रूपमा दिइने गुलाफ फूलको उत्पादन चितवनमा पनि निरन्तर घट्दै गइरहेको छ । समय र तापक्रमको सन्तुलन मिलाउन नसक्दा कुनै बेला राम्रो उत्पादन गर्ने क्षमता बनेको चितवनमा गुलाफ उत्पादन अहिले निरन्तर घटेको हो । फेबु्रअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन चितवनसहित देशभर करोडौँको गुलाफ फूलको कारोवारसमेत हुने गरेको पुष्प व्यवसायीहरुले बताएका छन् ।
पुष्प व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले प्रणय दिवसमा चितवनमा गुलाफ फूलको माग निरन्तर बढेको भए पनि उत्पादन भने घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समयमा रु ५० मा बिक्री हुने गुलाफ यस दिन रु १०० मा बिक्री हुने गरेको छ । यसको बिरुवा महङ्गो र उत्पादनमा धेरै नै मेहनत गर्नुपर्ने भएकाले पनि चितवनमा उत्पादन घटेको छ । एउटा बिरुवालाई रु १५० सम्म पर्छ ।” गुलाफ फूलको उत्पादन गर्न तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको आवश्यकता पर्छ तर चितवनमा धेरै गर्मी हुने भएकाले यसको उत्पादन चितवनभन्दा पहाडी क्षेत्रमा नै बढी हुने गरेको छ । खुला ठाउँमा खेती गरेको गुलाफ त्यति आकर्षक नदेखिने भएकाले हरितगृहमा खेती गर्दा चितवनमा तापक्रम र प्रकाशको सन्तुलन मिल्न नसकेको व्यवसायी पन्तले जानकारी दिनुभयो । उहाँले चितवनमा व्यावसायिकरूपमा गुलाफको खेती गर्ने किसान नरहेको बताउनुभयो ।
अहिले चितवनमा गुलाफ फूलको बढ्दो माग भए पनि सदाबहार फूलको खेतीमा किसान आकर्षित भएको प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्र चितवनका बागवानी प्राविधिक सहायक पुनम पौडेलले चितवनमा पुष्प खेती गर्नेको सङ्ख्या बढ्दै गए पनि गुलाफको खेती भने घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष अवसरमा मात्र गुलाफको बिक्री हुने भएकाले यसको बजार सानो छ । जोगाएर राख्न र उत्पादन गर्न पनि कठिन भएकाले किसानको आकर्षण गुलाफमा छैन ।” धेरै किसानको आकर्षण सयपत्री फूलमा देखिएको उनले बताए।
नेपालमा मागअनुसार गुलाफको उत्पादन हुनसकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।
फेबु्रअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँ गुलाफको आन्तरिक उत्पादनमा कमी आएको प्राविधिकहरू बताउँछन् । यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ । गत वर्ष देशभर एक लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यस वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रतिस्टिम रु ८० देखि १०० को हाराहारीमा दुई लाख स्टिम गुलाफको कारोवार भएको थियो ।
नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्यगरी काठमाडौँ उपत्यकाभित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेकमा हुने गर्छ । चितवनको उत्पादन घटेसँगै धेरै प्रतिशत गुलाफ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: