बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।”
त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ । सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र रु ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् ।
अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिनुभएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला शुरु हुन्छ । आइएमई र आइपिएस कनेक्टमार्फत उहाँले रकम पठाउन थाल्नहुन्छ । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले रु ५६ हजार पठाउनुहुन्छ ।
असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा रु एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा रु दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा रु तीन लाख ५५ हजार जम्मा गर्नुहुन्छ ।
पटकपटक गरी बुढामगरले रु सात लाख ६१ हजार बुझाउनुहुन्छ तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन । प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् । भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ ।
उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिनुहुन्छ । प्रहरीले अनुसन्धान थाल्छ । उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ । यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन् ।
यस्तै झापाको गौरदह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौँ महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन् ।
सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय÷एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त सङ्गठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ । “फरारमध्ये दुई जना मलेशिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ”, प्रउ श्रेष्ठले भने ।
सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए । उनले त्यस्ता कुनै शङ्कास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: