Ntc summer Offer
Khabar Dabali २९ चैत्र २०८१ शुक्रबार | 11th April, 2025 Fri
Investment bank

नेपाली सेनाले गर्यो गढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

चितवन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ ।

गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाइ गरिएको हो । सो अवसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिव गणेशबहादुर थापा, बालकुमारी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर गुरुङलगायतले उपरदाङगढीको ऐतिहासिक महत्वका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए। सो अवसरमा सेनानी वासु खत्री, विक्रम अधिकारीसहितको उपस्थिति थियो ।

सन् १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए । तत्कालीन दाहाखानी गाउँ विकास समितिमा पर्ने सो स्थान सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ । बाइसे–चौबीसे राज्य एकीकरणका समयमा अङ्ग्रेज फौजविरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन् १८०० को शुरुआतमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको बताइन्छ । सो स्थानमा तीन फिट चौडाइ तथा छ फिट उचाइ भएको प्रवेशद्वार, कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना छन् ।

ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट छ । यस स्थलमा नौवटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने नौवटा खुला झ्याल बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले जानकारी दिए। गढीको प्रवेशद्वारमा गणेश मन्दिर रहेको छ । बज्रयोगिनी, बालकुमारी देवीको मन्दिर पनि सँगै छ । नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy