काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।
आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिले जनाएको छ ।
विगत वर्षमा पुस अन्तिम साता नै पात्रो(पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम शुरु गरिरहेका बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उहाँले जानकारी दिए।
पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । विसं २०७० मा वर्तमान समितिलाई गठन आदेश स्वीकृत नभएसम्मका लागि काम गर्नु भनी नियुक्ति पत्र दिइएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यही पत्रका आधारमा पुस २१ पछि समितिको काम ठप्प भएको थियो ।माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरी अर्को समिति गठन नभएसम्म विसं २०७८ को पात्रो प्रकाशन र नियमित काम वर्तमान समितिबाटै चलाउने निर्णय गर्नुभएको पत्र पुगेपछि फेरि काम शुरु भएको हो । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।
यस वर्ष समितिले पनि आधिकारिक पञ्चाङ्ग निकाल्ने भएको छ । पञ्चाङ्गलाई स्वीकृति दिइसकेकाले समितिको आधिकारिक पञ्चाङ्गका बारेमा मन्त्रालयमा छलफल गरी काम अघि बढाउने तयारी भएको छ । मन्त्रालयले यस वर्ष समितिको आधिकारिक पञ्चाङ्ग निकाल्न पनि बजेट विनियोजन गरेको छ । आगामी वर्षदेखि समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भएको छ । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो ।
सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष गौतमले बताए । अन्य भित्तेपात्रो पात्रो सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ । आगामी वर्ष प्रकाशन हुने भित्तेपात्रोलाई पनि स्वीकृति लिन आउनु भनी समितिले यस वर्ष सूचना प्रकाशन गरेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: