काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ ।
उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो ।
उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ । उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ ।
प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको आरोप छ ।
ट्राफिकको व्यवहार सुधार अभियान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ । महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत गरेको जनाएको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मूल्याङ्कन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुआत गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।
नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग सभ्य, शिष्ट र पारदर्शीरूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उक्त कार्यक्रमको लक्ष्य छ । यसका साथै नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागू गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।
एक सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरी प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासनलगायत विषय समेटिएका छन् । प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुईलाई वृत्ति विकासमा जनिने गरी नगद पुरस्कार एवं सम्मान गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । यसले आमसेवाग्राही एवं सडक प्रयोगकर्तालाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: