भक्तपुर । भक्तपुरको सूर्यविनायकमा आज पाँच पसलमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट शुरु भएको आगलागी अन्य चार पसलमा समेत फैलिँदा करीब रु १२ लाख ६० हजार बराबरको सामान जलेर क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
अचानक बिजुलीको तार सर्ट भई घिसिङको पसलमा आगलागी भएपछि सँगैका अन्य पसलमा समेत सल्किएर आगलागी भएको उनले जानकारी दिए । आगलागीबाट मासु पसलमा रहेको जिउँदो बोइलर कुखुरा २५ वटा, तयारी मासु र फ्रिज एकथान, रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा७५प ५८२४ नं को मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको उनले बताए ।
नारायण साडेमियाले सञ्चालन गरेको चियापसलमा रहेको फ्रिज एकथान, टेबुल, कुर्सी नष्ट भएको छ भने विमल घिमिरेले सञ्चालन गरेको फ्रेन्सी पसलमा रहेका कपडा र नरेश कर्माचार्यको कोठामा रहेका दराज, पलङ, कार्पेट, बेड विस्तारा र अन्य सामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए ।
त्यसैगरी आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीस्थित ९२ वर्षीया पाडासैनी तामाङको दुई तले कच्ची घरमा आगलागी हुँदा रु आठ लाख ५४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी परिसर भक्तपुरका प्रनाउ गिरीका अनुसार आगलागी पछि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा भक्तपुर, काठमाडौँ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको पाइए पनि थप अनुसन्धान भइरहेको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: