काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि कसैले पनि आक्रमण गर्न नसक्ने गरी स्थापित गर्न महिलाको सहभागिताले सहयोग गर्ने बताएका छन् ।
पार्टीको महिला विभागले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको दुई दिने वाग्मती प्रदेशस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एकदलीय सर्वसत्तावाद लाद्न चाहने दलहरुले महिलाको हित नगर्ने बताए । प्रजातन्त्र कसैले खोस्न नसकोस् भनी महिला सङ्गठित हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।
“संसद् बोलाउन पुग्ने सांसदको सङ्ख्यासमेत पार्टीसँग छैन, जति सङ्ख्या भए पनि देशको राजनीतिलाई सही बाटोमा हिँडाउन कांग्रेस लाग्छ, सबै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरेर हामी अघि बढ्छौँ”, उनले भने ।
उपसभापति विलेन्द्र निधिले लिक बाहिर गएको गाडी सही ठाउँमा आएजस्तो प्रतिनिधिसभा पुनःस्थापना भए पनि सिज भएको गाडीको इञ्जिन मर्मत नभएकाले देशमा समस्या देखिएको बताए । कांग्रेसबाट निर्वाचित सांसदले बिग्रिएको गाडीको इञ्जिन मर्मत गर्ने उनको भनाइ थियो ।
सहमहामन्त्री डा प्रकाशशरण महतले सहजरुपमा वैकल्पिक सरकार बन्ने अवस्था आए मात्र कांग्रेसले नेतृत्व गर्ने, अप्राकृतिक गठबन्धनमा नलाग्ने बताए । अमेरिकाको सिनेटमासमेत १२ प्रतिशतभन्दा बढी महिला सभागिता नभएकामा नेपालको संविधानमै तीनै तहका संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता व्यवस्था हुनु दक्षिण एशियामै उदाहरणीय भएको उनले उल्लेख गरे ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान राजनीतिक सङ्कटमोचनका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताए । पार्टीको केन्द्रीय खेलकूद विभागका प्रमुखसमेत रहेका नेता बस्नेतले द्वारिकादेवी ठकुरानी, मङ्गलादेवी सिंह र शैलजा आचार्यको स्मृतिमा खेलकूद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । बालिका र किशोरी बलात्कारका घटना बढिरहेकाले आत्मरक्षाको तालिमसमेत दिने तयारी विभागले गरेको उनले बताए ।
केन्द्रीय सदस्य महालक्ष्मी (डीना) उपाध्यायले पार्टी केन्द्रीय समितिका १४ जना पदाधिकारीमध्ये विधान संशोधन गरेर एकतिहाइ महिलाको प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गरे । कार्यक्रममा केन्द्रीय सदस्य अम्बिका बस्नेत, शिवप्रसाद हुमागाईँ, विष्णुविक्रम थापा र किरण गिरीले अहिले देखिएको सङ्कट अन्त्य गर्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताए ।
सांसद उमा रेग्मीले पार्टीको वडादेखि केन्द्रसम्म ३३ प्रतिशत महिला सहभागिताको वैधानिक व्यवस्था गरेकामा अब केन्द्रीय पदाधिकारीमा पनि एकतिहाइको वैधानिक व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, महासमिति सदस्य लीला नेपाल, वाग्मती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक राधा घले, वाग्मती प्रदेशसभा सदस्यद्वय विजया केसी, जीवन डङ्गोल, विभाग प्रमुख ईश्वरी न्यौपानेलगायतले महिलालाई घरबाट राजनीतिमा सक्रिय बनाउन पुरुषको सहयोग हुनुपर्ने उल्लेख गरे ।
आइतबारसम्म चल्ने भेलामा वाग्मती प्रदेशको १३वटै जिल्लाका महिला नेतृहरुको सहभागिता छ । भेलापछि घोषणापत्रसमेत जारी गरिने सो अवसरमा जानकारी गराइएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: