काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने चेतावनी दिएका छन्।
शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “सरकारलाई सहज ढङ्गले निर्वाचन सम्पन्न गर्न हामी आग्रह गर्छौँ। कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि फेरि संविधान मिचिने र निर्वाचन धकेलिने प्रयास भयो भने हाम्रो पार्टी चुप लागेर बस्ने छैन।”
प्रचण्डले त्याग, निष्ठा र जनताको शक्ति नभएका अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर हेप्ने दुस्साहस गरेकोमा पनि खबरदारी गरेका छन्। उनले आफ्नो पार्टीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न होस् भन्ने चाहना राखेको बताए।
उनले थपे, “हामीले जनयुद्ध र जनआन्दोलनको तागतलाई एकीकृत गरेर देशलाई सङ्कटबाट बचाउने उद्देश्य राखेका छौँ। धनगढीदेखि लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेतसम्म देखिएको जनताको विशाल उपस्थितिलाई खेलाँची नठान्न सरकारले बुझ्नुपर्छ। यदि संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ।”
प्रचण्डले आगामी समयमा ६ महिना वा १ वर्ष समय थप्ने हल्ला आएमा देश फेरि दुर्घटनामा पर्ने र यस अवस्थामा कम्युनिस्ट पार्टी रमिते नबन्ने स्पष्ट पारे। उनले ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलन र विद्रोहको झण्डा बोकेर सडकमा आउन पार्टी तयार रहेको घोषणा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: