Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा माओवादी नेताको जोड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अहिलेको राजनीतिक अवस्था, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा जोड दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“केन्द्रीय सदस्यहरुले वैचारिक राजनीतिक कार्यदिशालाई अझ स्पष्ट बनाएर पार्टीलाई विधि, पद्धति र सामूहिक ढङ्गले सञ्चालन गर्नुपर्ने र कमीकमजोरीलाई समीक्षा गर्दै आफूलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका थिए”, केन्द्रीय सदस्यको भनाइ उद्धृत गर्दै उनले भने ।

बैठकमा २० केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, फम्फा भूसाल, वर्षमान पुन, रामदीप आचार्य, हेमराज भण्डारी, पुुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजीत श्रीपाइली, जयपुरी घर्ती, परशुराम रम्तेल, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुुराम तामाङ, डिलाराम आचार्य, ओम शर्मा, कुमार पौडेल र रामचन्द्र झाले विचार व्यक्त गरेका थिए । उनीहरुले आ–आफ्नो धारणा राखेसँगै आजको बैठक स्थगित भएको थियो ।

प्रवक्ता श्रेष्ठल केही दिन पछाडि यही बैठक पुनः शुरुआत गर्ने बताए । बैठकले सर्वोच्च अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकन दिने निर्णय पनि गरेको छ । “तत्कालीन राजनीति परिस्थितिसँग जोडिएका कार्यभार पूरा गर्न सबै राजनीतिक दलसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउनेछौँ”, उनले भने । बैठकले केन्द्रीय नेताहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिएर निर्धारित जिम्मेवारी सम्पन्न गर्न जाने निर्णयसमेत गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending