Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

राजधानी काबुलमा बम विस्फोट हुँदा एक बालक सहित ६ जनाको मृत्यु १७ जना घाईते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छ्र्र्रैनन् । यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए ।

यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले एएफपीलाई बताएका छन् ।

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ । हालका केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ ।

अफगानिस्तानका सर्वसाधारणलाई जानाजानी लक्षित गरी हमला गर्ने डरलाग्दो संख्याका गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending