Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा पक्राउ

काठमाडौं । दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका–२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता जारी गराई कमल थापाको नामबाट विभिन्न सरकारी निकायहरूमा पेश गरी दुरूपयोग गरी सेवा समेत लिएको तथा पुनः काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता जारी भएको अनुसन्धानको क्रममा खुल्न आएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उनको साथबाट जिल्ला प्रशासन कार्यालयको वाग्लुङवाट जारी भएको कमल सुनार नामको ना.प्र.न. ३८४२/३७८ को सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको नामको ना.प्र.नं. २७–०१–७४–१४२५२ को जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको राहदानी नम्बर १०७७१८०४ को सक्कल राहदानी १ थान, १ थान मोबाइल, कमल सुनुवारको नामको जन्म दर्ताको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी भएको कमल सुनुवार समेतको नाता प्रमाणितको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी कमल सुनुवार समेतको भएको रिलेसन सर्टिफिकेट सक्कल प्रमाण पत्र १ थान लगायत विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy