Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जुम्लामा लागुऔषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम

खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीले जानकारी दिए ।

\"\"

उनले भने, “प्रहरीको अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको साथ छ । कार्यालयले समुदायमा सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्ध अभियानसँगै कानूनी ज्ञान प्रदान गरेका छन् ।” प्रहरीले विद्यालय, ट्युशन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना गर्न थालेपछि यहाँका स्थानीयवासीमा उत्साहित भएको सूचना अधिकारी चौधरीले बताए ।

सरकारी वकिल कार्यालयले कानूनी ज्ञानसमेत दिएको सूचना अधिकारी चौधरीले भने, “प्रहरी कार्यालय लागुऔषध दुव्र्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकारात्मक असरबारे सचेत बनाउँछ । सरकारी वकिल कार्यालयले कानूनी ज्ञान दिन्छ । कानूनी ज्ञान र सचेतनासँगसँगै अघि बढाउँदा यो अभियान प्रभावकारी बनेको छ ।” सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानूनी प्रावधान र जबर्जस्ती करणी कसुरका विषयमा प्रस्तुतिकरण गर्नुका साथै एकापसमा सवाल जवाफका माध्यमबाट विषयमाथि प्रष्ट पार्ने गरेको सूचना अधिकारी चौधरीले बताए ।

जिल्लामा पछिल्लो समयमा लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढिरहेकाले सबै मिलेर लागुऔषधविरुद्ध अभियानमा लाग्न जिल्लावासीलाई अनुरोध गरेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । “सभ्य र असल समाज निर्माण गर्न सबैको सहभागिता अनिवार्य छ”, प्रनाउ थापाले भने, “सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्यामहरि अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानूनी प्रावधान तथा जबर्जस्ती करणी कसुरबारे स्पष्ट पारेका छन् । स्पष्ट कानूनी ज्ञान नहुँदा अहिले आपराधिक क्रियाकलाप बढेको हो ।”

विद्यार्थी, शिक्षकबीचमा सवालजवाफ गरेर स्पष्ट पार्ने प्रयास भएको छ । विद्यार्थी भविष्यका कर्णधार हुन् । देश निर्माण गर्ने कुशल जनशक्तिलाई लागुऔषध दुव्र्यसनीबाट टाढा गर्न गाउँबस्ती टोलमा लागुऔषधविरुद्धको अभियानमा सबै पक्षबाट साथ मिले अन्त्य गर्न सकिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । प्राविधिक शिक्षालयका प्रिन्सिपल टेकेन्द्र थापाले लागुऔषधविरुद्ध सचेतना र कानूनी ज्ञानका विषयमा सचेतना फैलाउने काम निकै उदाहरणीय रहेको बताए ।

सदरमुकाम खलङ्गामा रहेको कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थी तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिलाई समेत सचेतना दिइएको प्रहरी कार्यालयले जनाएको छ । यसअघि उच्च मावि, निमावि र पालिकास्तरमा सचेतनाका क्रियाकलाप भएका थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy