Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

जसपामा दुई समूह छुट्टाछुट्टै भेला

काठमाडौं। नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन् । पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन् । पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए ।

आजको नागरिक दैनिकमा खबर छ - तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा थियो । एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ । बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए । ‘हिजो (बिहीबार) पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं । आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो ।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो ।

पूर्व राजपाले बिहीबार साँझ इन्द्रेणी फुडल्यान्डमा भेला बोलाएको थियो । भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित थिए । एक जना सदस्य महेन्द्र यादव भने बैठकमा उपस्थित भएनन् । पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन् ।

इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे । जसपाका अधिकांश कार्यकर्ताले यसपटक पार्टीले नगदमा सहमति गरोस् भन्ने चाहेको उनले बताए । ‘हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति ग¥यौं भने हाम्रो माग तत्काल पूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति ग¥यौं भने उधारोमा सहमति हुन्छ’, झाले भने, ‘त्यसैले यसपटक उधारोमा होइन, नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरूको भावना छ ।’ पूर्व राजपाको भेलामा समायोजनको विषयमा पनि छलफल भएको नेताहरूले जनाएका छन् ।

भेलाले तत्कालीन समाजवादीसँग राजपाको समायोजन गर्न मनिष सुमनको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नयाँ समीकरण निर्माणको विषयमा निर्णायक छलफल गर्न बिहीबार दिउँसो जसपाको कार्यकारिणी समिति बैठक बोलाइएको थियो तर तयारी नपुगेको भन्दै बैठक स्थगित भयो । स्थगित बैठक होलीपछि मात्र बस्ने सम्भावना रहेको नेताहरूले जनाएका छन् ।

कार्यकारिणी समितिको बैठक स्थगित भएपछि पूर्व राजपा नेताहरूले भेला बोलाएका थिए । स्रोतका अनुसार कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष यादवले माओवादी केन्द्रसँग मिलेर जाने प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो भने केपी ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

महन्थलाई भेट्न बबरमहल पुगे वर्षमान

नयाँ समीकरण निर्माणको विषयमा विवाद भइरहको बेला माओवादी केन्द्रका नेता वर्षमान पुन जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न शुक्रबार दिउँसो पूर्व राजपाको पार्टी कार्यालय बबरमहल पुगेका छन् । ठाकुर र पुनबीच भएको कुराकानीमा अरू कसैलाई पनि सहभागी नबनाइएको स्रोतको भनाइ छ । नयाँ समीकरण निर्माणको विषयमा कुराकानी भएको पूर्व राजपाका एक नेताले बताए । पछिल्लो समय महन्थ प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending