Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

के बाबुराम भट्टराईले भनेजस्तै प्रधानमन्त्री ओली हिटलर बन्न खोजेको हुन् त ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई कहिले भष्मासुर त कहिले चक्रवर्ती निरङ्कुश बादशाह बन्न खोजेको आरोप लगाएर चर्चामा आएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीमाथि कडा प्रहार गरेका छन् । उनले एमालेका अध्यक्ष समेत रहेका ओली प्रति संकेत गर्दै शक्ति सबै आफैमा केन्द्रीत गरी हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।

शनिबार बसेको एमाले संसदीय दलको बैठक र लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीले सबै शक्ति आफुमा केन्द्रीत गरेका थिए । सामाजिक सञ्जालमार्फत घुमाउरो पारामा भट्टराईले ओलीमाथि कटाक्ष गर्दै उनले नेपाली हिटलरको उदय भएको टिप्पणी गरेका छन् । ‘नेपाली हिटलरको उदय त्यसरी नै भइरहेको छ। उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रीत गरेर सबैमाथि खड्ग चलाउँदैछ, होशियार।’

एमाले अध्यक्ष ओलीमाथि पछिल्लो समय पार्टी शक्ति र राज्य शक्ति केन्द्रीकृत गर्न लागेको आरोप छ। भट्टराईले हिटलरबारे चर्चित भनाइसमेत उल्लेख गर्दै ट्वीट गरेका छन्, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकी म यहुदी थिइनँ। अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बाँकी थिएन।’

https://twitter.com/brb1954/status/1373447606601326593

ओलीप्रति पछिल्लो समय आक्रामक देखिएका भट्टराईले ओलीलाई प्रधानमन्त्रीबाट छिटो बिदा नगरे इतिहासले माफि नदिने बताएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy