काठमाडौँ । नेकपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमाथि पछिल्ला दिनमा भएका प्रहारप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, “नेपालको संविधानले सबै वर्ग तथा क्षेत्रको अधिकार पूर्ण रुपमा प्राप्त भएको छैन भनेर मैले ‘नोट अफ डिसेन्ट’ लेखेको तर सैद्धान्तिक र आधारभूत रुपमा यो संविधान नेपाली जनताको हितमा छ । त्यसकारण यसका विरुद्ध लगातार प्रहार भएको छ ।”
५६औँ अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवसका अवसर आयोजित कार्यक्रममा उनले माओवादी आन्दोनलले स्थापित गरेको समावेशी, समानुपातिक मान्यतालाई कसरी निस्तेज गर्न सकिन्छ भनेर देशभित्र र बाहिर अनेकन खालका षड्यन्त्र भइरहेको बताए। समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई खारेज गराउने प्रयास भइरहेको भन्दै उनले गणतन्त्र, सङ्घीयता विरोधी तत्वले टाउको उठाउने प्रयास गरिरहेको उल्लेख गरे ।
दलित, जनजाती, आदिवासी, महिलालगायत उत्पीडित समूहले प्राप्त गरेको अधिकारलाई समेत खण्डित गराउन खोजिएको भन्दै अध्यक्ष दाहालले त्यसविरुद्ध एकीकृत रुपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिए । यतिखेर नेपालमा संविधानको रक्षा गर्न चाहने धारा र त्यसलाई खण्डित गर्दै जाने दुई वटा धार स्पष्ट भएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्नेले आफूलाई स्पष्ट रुपमा उभ्याउने विश्वास व्यक्त गरे ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई थप बृहत बनाउन र नेपाली जनताको चाहनाअनुसार राजनीतिक स्थायित्वका आफूले नेकपा बनाएको र त्यो कुनै गल्ती नभएको उल्लेख गरे । पार्टीभित्र गलत प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गरेर उत्पिडित वर्ग तथा समुदायको पक्षमा उभिएको अध्यक्ष दाहालको भनाइ छ । जनताको अधिकारका लागि आफूले कोही कसैसँग सम्झौता नगरेको, बरु इमान्दारीपूर्वक सङ्घर्षको मैदानमा उत्रिएको तथा जीवनभर सङ्घर्ष गर्ने दृढता प्रस्तुत गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: