Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अब कामपाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर सङ्कलन गर्ने

काठमाडौ । काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ ।

फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो । आज यहाँ कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौंँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहर छुट्याउन थाले फोहर समस्या पनि समाधान हुने बताए । त्यस क्रममा वडाध्यक्ष मोहन विष्टले वडा ४ क्षेत्रमा सडक सफा रहेको बताउँदै घरबाटै फोहर वर्गीकरण भए आफ्नो वडा महानगरकै नमूना बन्ने दावी गरे ।

वाग्मती सफाइ अभियानमा अहिलेसम्म २० हजार मेट्रिकटन फोहर झिकेर व्यवस्थापन गरिएको प्रसङ्ग उल्लेख गर्दै अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेलले भने, “घरबाट फोहर छुृट्याउने विधि शुरुदेखि नै पालना गरिएको भए कम लगानीमा नदी सफाइ र शहरको फोहर व्यवस्थापन काम हुने थियो ।”

वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गरे ।

वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समिति छन् । जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् । यसैगरी, धुम्रवराह, जागरण र पञ्चकन्या युवा क्लव सक्रिय छन् । विशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक सङ्घसंस्था हुन् ।

यीनै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ्गारिक मल बनाउन सक्ने र नसक्ने फोहर छुट्याउने अभियान थालिने भएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending