कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो । आव २०७५/०७६ को सोही अवधिमा पाँच हजार ७४१ तथा २०७६ देखि २०७७ असोजसम्म पाँच हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । आव २०७६/७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा रहेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले स्वास्थ्य सचेतना, सेवाको उपलब्धताजस्ता कारणले गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको बताए । “पहिले असुरक्षित गर्भपतन बढी हुन्थ्यो, स्वास्थ्य संस्थाहरुमा यो सेवा विस्तार गरेसँगै तथ्याङ्क प्रणालीमा जोडिन पुग्यो,” उनले भने, “सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुँदा असुरक्षित गर्भपतन गराउने समस्या कम हुँदै जान्छ ।” उनले गर्भपतन गराउनु महिलाको बाध्यता भएको बताए । वरिष्ठ नर्सिङ अधिकृत गुरुङका अनुसार छोराको चाहना राख्नु, तत्काल सन्तान जन्माउने रहर नहुनु, पढाइ तथा जागिरको ‘करिअर’मा असर पर्न नदिन, प्रेमीबाट धोका पाउनु, अनिच्छित गर्भधारण हुनु, परिवार नियोजनका साधनको सहज उपलब्धता नुहुन जस्ता कारण महिलाहरु गर्भपतन गराउन बाध्य हुने गरेका छन् ।
कर्णालीका १० जिल्लाका ६५ स्वास्थ्य संस्थामा औषधिद्वारा तथा १८ स्वास्थ्य संस्थामा औषधि र उपकरण दुवै विधिबाट गर्भपतन गर्ने गरिन्छ । सुरक्षित गर्भपतन सेवाको प्रभावकारिताका कारण मातृ मृत्युदर घट्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ । त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबरजस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा सङ्लग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।
छैन तालिम केन्द्र
सरकारले निश्चित स्वास्थ्य संस्थालाई मात्र सुरक्षित गर्भपतन गराउन अनुमति दिएको छ । यसका लागि तोकिएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्था र तालिमप्राप्त जनशक्तिलाई मात्र सरकारले सुरक्षित गर्भपतन सेवा प्रदान गर्न सूचीकृत गर्ने गर्दछ तर कर्णाली प्रदेशमै तालिम केन्द्र नहुँदा यहाँका स्वास्थ्यकर्मीहरुलाई नेपालगञ्ज र धनगढी पठाउनुपर्ने बाध्यता छ । कर्णालीमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र छैन । त्यसले गर्दा तालिमप्राप्त जनशक्ति यो प्रदेशमा न्यून छ । सरकारले अनमी, स्टाफ नर्स र मेडिकल अफिसरलाई तालिम प्रदान गरेर सूचीकृत गर्दै आएको छ । स्वास्थ्यकर्मीलाई औषधिद्वारा गरिने गर्भपतन (छ हप्तासम्मको गर्भ) का लागि पाँच दिन, उपकरणद्वारा गरिने गर्भपतन (१२ हप्तासम्मको गर्भ) का लागि १४ दिनको तालिम दिने गरिन्छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: