काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा भएको सैनिक ‘क’ु र नेपालमा मधेशी जनतामाथि राज्यको दमन उस्तै भएको बताएका छन् । उनले म्यान्मारमा सैनिकले गरेको लोकतन्त्रविरोधी कदमलाई नेपालको मधेस आन्दोलनसँग तुलना गरेका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कर्णले म्यानमारमा भइरहेको घटनाप्रति लोकतान्त्रिक मुलुकको नागरिक भएका कारण आफ्नो ध्यानाकर्षण भएको बताए ।
म्यानमारमा निर्वाचित सरकार विघटन गरेर सैनिकले ‘कु’ गरेको, त्यसको प्रतिरोधमा उत्रिएका जनतालाई गोली हानिरहेको उनले बताए । ‘त्यहाँ सानो अवधिमा ८०० मानिसको मृत्यु भइसकेको छ,’ उनले भने, ‘हामी पनि यसै किसिमबाट शान्तिपूर्ण रुपमा मधेस आन्दोलन गरिरहेका थियौं, हामीमाथि पनि छातीमा, टाउकोमा गोली हानियो ।’
यी दुवै घटना बीचको फरक छुट्याउँदै उनले भने, ‘मधेस आन्दोलनमा ६ महिनामा १०५ जना मारियौं भने त्यहाँ (म्यानमारमा) एक महिनामा ८०० भन्दा बढी मारिए ।’ जहाँ लोकतन्त्रको हत्या भएको छ, त्यसको बारेमा यो संसद र सरकारले बोल्नुपर्ने उनले बताए ।
यस्तै, उनले कोरोनाको दोस्रो लहर खतरनाक ढंगले बढ्दै गरेको भए पनि सबैलाई खोपको उपलब्धता नभएको, काठमाडौंमा वायुप्रदुषणको अवस्था भयावह रहेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: