Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

पर्यटकको चाप बढेपछि शहर छाडेर गाउँ फर्किँदै घरबास सञ्चालक चित्रेवासी

पर्वत । गण्डकी प्रदेशकै उत्कृष्ट घरबास सुविधा भएको गाउँ पर्वतको चित्रेका स्थानीयवासी पर्यटक आगमन बढ्दै गएपछि पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति शहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले पोखराको होटल व्यवसाय छाडेर गाउँ फर्किएको मोदी गाउँपालिका–८ चित्रेका निशान गुरुङले बताए ।

घरबास सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ । “शहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी गर्ने लक्ष्य छ”, उनले भने, शहरमा आम्दानीभन्दा खर्च बढी हुन्छ, बचत गर्नै मुस्किल, तर गाउँमा आम्दानीसँगै अन्य घरायसी काम पनि गर्न पाइन्छ, त्यसैले हामी गाउँमै फर्किएका हौँ ।”

गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवासुविधा दिनका लागि यहाँका १० घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण भइसकेको छ । घरबास सञ्चालनका लागि गाउँ फर्किएका अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागत–सत्कारमा व्यस्त हुने गरेका छन् । तीमध्ये कतिपयले घरबासको मापदण्डबमोजिमका संरचना निर्माण गर्न थालेका छन् । कोरोना कहरका कारण झण्डै ११ महिनापछि तङ्ग्रिन थालेको चित्रेमा दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटक आउन थालेको ग्रामीण चित्रे घरबास पर्यटन विकास समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् । गाउँमा एकसाथ ६० जनासम्म पाहुनालाई राख्न सकिने उनको भनाइ छ ।

“कहिलेकाहीँ त ६० जनाभन्दा बढी पाहुना आउँछन्, व्यवस्थापन गर्न निकै अप्ठेरो हुने गरेको छ”, उनले भने, “जिल्लामा भन्दा बाहिरका विद्यालय तथा क्याम्पसका विद्यार्थी ठूलो समूहमा आउने गरेका छन् ।” दैनिक पर्यटकको चहलपहलले गाउँनै रमाइलो हुने गरेको काठमाडौँबाट जन्मगाउँ चित्रे फर्किएका हर्कमान गुरुङ बताउछन् । “गाउँको हावापानी राम्रो छ, सामान्य मेहनत गरेर पनि मनग्य आम्दानी हुन्छ”, उनले भने, “दैनिक पर्यटकको आगमनले गाउँनै शहरजस्तो भएको छ ।”

लामो समय साउदी अरबमा रोजगारी गरेर फर्किएका मीनबहादुर गुरुङ पर्यटन व्यवसायकै निम्ति गाउँ फर्किएको बताउछन् । अहिले गाउँमा आएर घरबास सञ्चालन गरेपछि छोराछोरीलाई पढाउने खर्च पनि जोहो भएको उनको भनाइ छ ।

चित्रेलाई विसं २०६७ देखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ५०० मिटर उचाइमा अवस्थित चित्रेमा ४४३ घर छन् । प्राकृतिक सुन्दरता, न्यानो आतिथ्यता, गुरुङ संस्कृतिमा प्रख्यात चित्रेगाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । चित्रेमा स्थानीयवासीको सक्रियतामा सामूहिक पाहुनाघर छ । स्थानीय महिला गाउँ घुम्न आउने पाहुनाको स्वागत–सत्कारका लागि समूहघरमा जम्मा हुने गर्छन् ।

गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, लोकदोहोरी, रोधीलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु चित्रेवासीको चलन हो । स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदो, भटमासलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयवासीको स्वागत–सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको चित्रेको पञ्चकोशी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक मधुसुधन अधिकारीले बताए । गुरुङ जातिको पुरानो संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायोगी भएको उनको भनाइ छ । वृद्धवृद्धाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । चित्रेबाट माछापुच्छे«, धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका हिमाल आँखै अगाडि देखिन्छन् ।

ऊर्जा नदीको रूपमा परिचित मोदी गाउँपालिकाको पातीचौरबाट चित्रेगाउँसम्म मोटरबाटो पुगेको छ । हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ । पातीचौरबाट करिब ४५ मिनेटको गाडीको यात्रापछि चित्रे पुग्न सकिन्छ भने डेढ घण्टामा हिँडेरै पुग्न सकिन्छ । गण्डकी प्रदेशमै सातौँ स्थान र पर्वत जिल्लाकै पहिलो घरबासका रूपमा रहेको यहाँ आन्तरिक मात्र नभएर जापान, कोरिया तथा भारतलगायतका देशबाट पर्यटक आउने गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy