खोटाङ । दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको आँखा उपचार शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका छन् ।
यही चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मासमेत वितरण गरिएको जनाइएको छ । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा महेश्वर चौधरीको नेतृत्वमा १३ स्वास्थ्यकर्मीको टोली आएको थियो । शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतियाविन्दुको समस्या देखिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए ।
आफ्नै जिल्लामा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामी लाभान्वित भएका छन् । विगत चार वर्षदेखि मोतियाविन्दुका कारण बन्द रहेको आँखाले शल्यक्रियापछि देख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ९० वर्षीया रामशोभा राईले बताए ।
दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएको आयोजकले जनाएको छ । शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । यसअघि रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको शिविरमा ७२५ जनाको उपचार गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा यही चैत २१, २२ र २३ गते सञ्चालन गरिएको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।
नेत्रज्योति सङ्घले जिल्लाका अन्य स्थानीय तहमा समेत यसै वर्ष निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेको थियो । विसं २०६० मा स्थापना भएको सङ्घले हरेक वर्ष जिल्लामा निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आँखा बिरामीको सङ्ख्या ४४ हजारभन्दा बढी रहेको जनाइएको छ । नेत्रज्योति सङ्घअन्तर्गत आँखा अस्पतालले आर्थिक वर्ष २०७६/७७ गरेको ¥याप सर्वेक्षणमा उक्त तथ्याङ्क देखिएको हो ।
तथ्याङ्कानुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाविन्दु, जलविन्दु, खस्रेरोग, भिटामिन एको कमी, रतन्धोलगायतका समस्या देखिएका छन् । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख छ हजार ३१२ रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: