भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित महतगाउँको पैयाचौरमा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, भक्तपुर र सूर्यविनयक नगरपालिकाको रु ५३ लाख ३३ हजार ३३३ को संयुक्त लगानी एक लाख २५ हजार र ३० हजार लिटर क्षमता रहेको बन्देश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका दुईवटा खानेपानी ट्याङ्की निर्माणको आज शिलान्यास गरिएको छ ।
पानी ट्याङ्कीको नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन दुईवटा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गरेका हुन् । कार्यक्रममा सांसद बस्नेतले सूर्यविनायक क्षेत्रमा तीन तहका सरकारको सहकार्य र समन्वयमा विकास निर्माणले तीव्र गति लिएको चर्चा गर्दै अब प्रत्येकको घरघरमा खानेपानी पुर्याउने लक्ष्यका साथ अगाडि बढेको बताए । दिव्येश्वरी, त्रिवेणी, नंखेललगायत खानेपानी आयोजना एकीकृत गरी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले थप बजेटको व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जनप्रतिनिधि आएपछि सूर्यविनायकको मुहार फेरिएको चर्चा गरे । वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले केही वर्ष अगाडिसम्म विकट रहेका ठाउँहरु अहिले विकासका गतिविधिसँगै सुगम बन्दै गएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: