Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

काठमाडौँ उपत्यकामा कडाइ : लगाइएको मास्क जथाभावी फ्याँक्नेलाई कारवाही

काठमाडौ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो । अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागू गरेको छ । मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ । अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारवाही हुनेछ ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार आज काठमाडौँ प्रशासनले विशेष सूचना जारी गरी सावधानी अपनाउन भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भाइजर अनिवार्यरूपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गरिने छ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैन । शुरुको गन्तव्यदेखि हिँडेपछि मानिस नचढाइ अन्तिमसम्म जानुपर्नेछ । त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउन भनिएको प्रजिअ पराजुलीले जानकारी दिए । सार्वजनिक यातायातका साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।

सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुट्स सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भिडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गरिएको छ । एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी कार्य सञ्चालन गर्न भनिएको छ । विवाह र व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नछ । त्यसका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र २५ जना मात्र सहभागी हुने भनी प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने छ तर २५ जनाभन्दा कम मानिस सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह र व्रतबन्ध कार्य गर्न भने पाइने छ ।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा ध्यान प्रार्थना मात्र गर्न भने पाइने छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअलका माध्यमबाट गर्न भनिएको छ । कार्यालय पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइज र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ । कुनै व्यक्तिले मास्क नलगाई आएमा कार्यालय तथा पसलमा प्रवेश नदिन पनि सूचित गरिएको छ । होटल तथा रेष्टुराँ बिहान ८ देखि राति ८ सम्म मात्रै सञ्चालन गर्न पाइने छ । कोभिड–१९ रोकथान तथा व्यवस्थापनका सन्दर्भमा सबै स्वास्थ्यका मापदण्ड अबलम्वन गर्नेपर्ने, घर बाहिर निस्किँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा १० दिन होमक्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । पिसिआर परीक्षणको रिपोर्ट दिएपछि नतिजा नआएसम्म घरबाहिर हिँडडुल, भेटघाट, बैठक गर्न पाइने छैन । स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ । यसरी सरकारी आदेश र स्वास्थ्य मापदण्ड पालना नगरेमा स्थानीय तह, प्रशासन, स्वास्थ्य कार्यालय, स्वास्थ संस्था, टोलसुधार समिति र उपभोक्ता समितिलाई यथाशीघ्र जानकारी गराउन भनिएको छ । होम आइसोलेशनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यमा कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy