Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गोसाइँकुण्डमा शिवको मूर्ति राखिँदै

रसुवा । नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको जानकारी दिए ।

तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ । धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि कहिले स्वीकृत हुन्छ भन्ने राससका प्रश्नमा मन्त्री फुयाँलले प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने जानकारी दिए ।

प्रदेश सरकारले गोसाइँकुण्ड बृहत् गुरुयोजना बनाइसकेको र पूर्वाधार विकासमन्त्री फुयाँलले बोलेका कुरा कार्यान्वयन गर्न धमाधम अगाडि बढिरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताए ।

समारोहमा गोसाइँकुण्ड गाउँपालिकाले आयोजना गरेको भलिबल तथा फुटबल खेलका विजेतालाई गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ र लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले मङ्गलबार ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गरे ।

यही वैशाख १ देखि ४ गतेसम्म रसुवा रङ्गशाला धुञ्चेमा भएको फुटबल प्रतियोगितामा भाग लिएका १७ समूहमध्ये उत्तरगया यूनिक समूह प्रथम, अकियास धुञ्चे द्वितीय र ठूलोगाउँ युवा क्लबले तृतीय स्थान प्राप्त गरेको खेल संयोजक तेम्बा जिएलले जानकारी दिए । वैशाख ५ र ६ गते भएको भलिबल खेलतर्फ भने भीमलाल हीराचन स्मृति समूह प्रथम, अकियास धुञ्चे द्वितीय र नौकुण्ड समूह तृतीय भएको बताइएको छ । भलिबलमा १३ समूहले भाग लिएका थिए । प्रथमलाई रु एक लाख, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु २५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: