Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सिनामंगलबाट नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जना पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ पेप्सीगोला बस्ने झापा गौरादह नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, ललितपुर ईमाडोल बस्ने सप्तरी राजविराज नगरपालिका–१३ घर भएका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने ५० वर्षीय प्रदिप कुमार गिरी, काठमाडौं सिनामंगल बस्ने महोत्तरी सोनाम गाउँपालिका-६ घर भएका २५ वर्षीय अमन कुमार यादव, काठमाडौं अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ३२ वर्षीय वजेश पोख्रेल, काठमाडौं बानेश्वर बस्ने महोत्तरी गौशाला नगरपालिका–१ घर भएका २२ वर्षीय बादल मिरिङ छिङ, काठमाडौं चावहिल बस्ने दोलखा बैतेश्वरी नगरपालिका–५ घर भएका २२ वर्षीय सरोज क्षेत्री र ललितपुर धापाखेल बस्ने सप्तरी मध्यपुरा गाउँपालिका–१ घर भएका ४४ वर्षीय डा. खेलानन्द प्रसाद रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १/२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाई दिने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सुरिया हेल्थकेयरबाट ४ थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटर लगायतका उपकरण समेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies