Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

रारामा पर्यटन प्रवद्र्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुुर्याऔँ

काठमाडौँ । संसदीय समितिले मुुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै त्यस क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरिएको प्रतिवेदनमाथि सुुझाव दिँदै सांसदले रारा पुुग्ने जो कोही मनोरम दृश्यबाट अति सन्तुुष्टि प्राप्त गरेपनि वसोवासका लागि होटल प्रबन्ध र सरसफाइको पाटो कमजोर रहेकै कारण भ्रमण फिक्का हुुन सक्नेतर्फ समयमै विचार पुुर्याउन आवश्यक धारणा व्यक्त गरे ।

सभापति पवित्रा निरौलासहितको संसदीय टोलीले गत चैत १५ देखि १७ गतेसम्म पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुुञ्ज र रारा ताल क्षेत्रको अवलोकन भ्रमण गरेको थियो । भ्रमणका क्रममा टोलीले त्यस क्षेत्रका जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटन विकासका सम्भावना र चुनौतीबारे स्थानीय जनप्रतिनिधि, नागरिक समाज र उपलब्ध सरकारी निकायका पदाधिकारीसँग छलफल र अन्तरक्रिया गरेको थियो ।

पछिल्ला समयमा रारा क्षेत्रको अवलोकन गर्न जाने अन्तरिक पर्यटक सङ्ख्या ह्वात्तै बढेकाले होटलका सीमित कोठा अपर्याप्त भएको तथा पर्यटकले प्रयोग गरेका खाद्य पदार्थका खोल, प्लाष्टिक, पानी र वियरका बोतल यत्रतत्र छरिएका अवस्थामा पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

मुुगुुको छाँयानाथ नगरपालिकास्थित रारा ताल समुुद्र सतहबाट दुुई हजार ९९० मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा ठूलो ताल हो । पाँच किमी लम्बाई र तीन किमी चौडाइको उक्त ताल १६७ मिटर गहिरो छ । हिँउद्मा बसाइ सरी आउने चराको लागि एक महत्वपूर्ण बासस्थानको रुपमा यो ताल परिचित छ । विश्वमा अन्त कतै नपाइने कालो असला माछाका लागि तालले ख्याती कमाएको छ । ताल वरपरको भूूभागलाई समेटेर सरकारले रारा राष्ट्रिय निकुुञ्ज घोषणा गरेको छ ।

निकुुञ्जमा गोब्रेसल्ला, धुपी, भोजपत्र, लाली गुँरास, पाँचऔँले, ओखरजस्ता वनस्पति र डाँफे, मुनार चीर कालिज जस्ता जराका साथै कस्तुुरी मृग, हिमाली कालो भालुु, घोरल, रातो पाण्डा, थार बँदेलजस्ता स्तनधारी जन्तुु पाइन्छ ।

होटलका कोठा, शौचालय अव्यवस्थित मात्र होइन, दुर्गन्धित रहेको, बिजुुली बत्तीको अभावले पर्यटकले असहज महसूूस गरेका तथा भान्छालगायत सुुत्ने कोठामा पनि सरसफाइको पाटो निकै कमजोर देखिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामा उल्लेख छ । बैठकमा सांसद सुरेन्द्र कार्कीले सफा रारा, हरियाली रारा नाम दिएर पर्यटन प्रवद्र्धनका लागि अनेकौँ कार्यक्रम सञ्चालन गरिएका र कतिपय कार्यक्रमले त्यस क्षेत्रका जनताको आत्मनिर्भर अर्थतन्त्रलाई कमजोर तुुल्याएर परनिर्भर तुुल्याएको बताए ।

काठमाडौँसँग सम्पर्क जोड्ने निकुुञ्ज क्षेत्रका कर्मचारीको व्यवहार स्थानीय नागरिकमैत्री नरहेको तथा निकुुञ्ज घोषणा गर्ने क्रममा हटाइएका स्थानीयलाई राज्यले अझै सम्बोधन गर्न नसकेको उनले धारणा राखे ।

सांसद दिव्यराज राजभण्डारीले रारालगायत समग्र कर्णालीलाई सम्पन्न तुुल्याउन सबैभन्दा पहिला त्यहाँको महत्वबारे सूूसूूचीत गर्न तालीम र आयआर्जनका कार्यक्रम बनाउन आवश्यक विचार प्रकट गरे । समिति सदस्य सुुजाता कोइरालाले कर्णालीको जैविक विविधता र वातावरण सन्तु्ुलित तुुल्याउने कार्यमा राज्यले विशेष ध्यान पुुर्याउन आवश्यक रहेको बताए ।

बैठकमा सांसद मोहन बानियाँ, नारदमुुनी राना, पुुष्पा भुसाल, शेखचाँद तारालगायतले रारा र बर्दिया राष्ट्रिय निकुुञ्ज त्यस क्षेत्रको मात्र होइन, मुुलुुककै प्रमुख पर्यटन गन्तव्य र निधि भएकाले राज्यले यसको विकासका लागि विशेष कार्यक्रम घोषणा गर्नुुपर्छ भने ।

कोभिड–१९ सङ्क्रमण महामारीको जोखिम बढेसँगै विश्वमा हर्वलको माग ह्वातै बढेको सन्दर्भमा नेपालमा जुुडीबुुटीका खानीका रुपमा रहको कर्णाली क्षेत्रबाट राज्यले लाभ लिन सक्ने प्रशस्तै सम्भावना रहेको उनीहरुको भनाइ थियो । अध्ययन टोलीले रारा र बर्दिया राष्ट्रिय निकुुञ्जबारे तयार गरेको प्रारम्भिक प्रतिवेदनमा सांसदले दिएका सुुझाव समेटेर आगामी बैठकमा प्रस्ताव पेश गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy