खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा३ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कदुवास्थित सडकको घुम्ती पुग्न लाग्दा दुर्घटनामा परी पल्टिएको बस करिब २० मिटर तल सडकमै अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बस दुर्घटनामा सप्तरी कञ्चनरूप नगरपालिका–१२ का सीता नेपाल, रमा नेपाल, निश्चल नेपाल, कोपिला नेपाल, प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तीहर, होम श्रेष्ठ, रमा श्रेष्ठ, प्रजिता नेपाल, गीता श्रेष्ठ, विमला पोखरेल, उर्मिला श्रेष्ठ, लीला श्रेष्ठ, सुद्धीदेवी महतो, सरिता श्रेष्ठ, भीमा विश्वकर्मा, कुलमान विश्वकर्मा, दिनेश गहतराज, टेक श्रेष्ठ, उर्मिला श्रेष्ठ, प्रमिला श्रेष्ठ र चालक ४२ वर्षीय रवीन्द्र ठकुरी घाइते भएका छन् । घाइतेमध्ये नौ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कतिपय घाइतेलाई स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मिटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर गन्तव्यतर्फ पठाएको स्थानीयवासी देवराज केसीले बताए । केसीका अनुसार बसमा चालक र सहचालकसहित ३५ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते बनेका व्यक्तिलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको नगरप्रमुख इवन राईले बताए । पल्टिएको बस सडकमा अड्किएपछि राँगाकाटेमा तीन÷चार घण्टा सडक अवरुद्ध बनेको थियो ।
स्थानीय कासिन्दा, प्रहरीचौकी च्यास्मिटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए । दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज कार्कीलगायतको टोली घटनास्थल पुगेका थिए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसीमा १५ दिने मेला लागेको छ । रामनवमीको अवसर पारेर त्रिधार्मिक धाम हलेसीमा लागेको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौं दर्शनार्थीको सहभागिता रहेको जनाइएको छ । पछिल्लो समय अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ । राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको जयरामघाट र हर्कपुरमा पक्की पुल बनेपछि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारी साधन लिएर आउने गरेका हुन् ।
हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: