Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

 विपक्षी गठबन्धनमा माधव नेपालको सहभागी : प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्न नदिने !

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाएपछि राजनीतिक धुब्रीकरण तिव्ररुपमा बढेको छ ।

 मंगलबार विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेलेका नेता माधव कुमार नेपाल र जसपाका अध्यक्षबीच प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गोप्य छलफल गरेका बुझिएको छ । 

बुधबार पनि प्रचण्ड, माधव र उपेन्द्रबीचमा ललितपुरको  हात्तिवान रिसोर्ट नजिकै एक घरमा छलफल गरेको फेरी कांग्रेस सभापति देउवासंग चार नेताको भेट गर्ने चाँजापाँजो मिलाएको स्रोतको दावी छ ।  

कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि  वर्ताामान सरकार अल्पमतमा परिसकेको छ । 


चार दलका नेताबीच संसदमा प्रधानमन्त्री ओलीलाई आवश्क पर्ने मत पुग्न नदिने रणनीति बनाइएको बुझिएको छ । पार्टीभित्र प्रधानमन्त्री ओलीको पेलानमा पर्दै आएका माधव नेपाल समूह सकभर विपक्षी गठबन्धनबाट ओली इतर बहुमत पुर्याउने बहुमत नपुगेको खण्डमा कि त आफु पक्षीय सांसदलाई अनुपस्थित गराउने कि त सामुहिक राजिनामा गर्ने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ । माधव नेपाल समेत सहभागि भएको यस भेटघाटलाई अत्यन्तै गोप्य राखिएको छ ।

यस्तै,सत्तासमिकरणको विषयलाई लिएर विभाजको मुखमा रहेको जसपा बाबुराम–उपेन्द्र समूह र महन्त–राजेन्द्र समूहबीच हस्ताक्षर अभियान नै चलाइरहेका छन्  । वर्तामान ओली सरकारलाई नै निरन्तरता दिनु पर्ने ठाकुर समूह र ओलीको विकल्प खोज्नु पर्ने बाबुराम–उपेन्द्र समूह छुट्टाछुट्टै गठबन्धनमा सहभागी हुँदै आएका छन् ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर, राजेनन्द्र महतो सहतिका नेताहरुले ओलीसंग गोप्य छलफल गरेको बुझिएको छ । सहभागी एक नेताको अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन प्रत्यक्ष लागि नपर्ने र त्यसैदिन माधव समूहका सांसदहरुको गतिविधि हेरर कारवाही प्रकृया अघि बढाउने मनस्थितिमा ओली रहेको जानाएको छ । तर, एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासको मतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन । उनीहरुको गतिविधिलाई सबै गोप्य राखिएको छ ।

संसदमा जसपाले संस्थागत निर्णय नलिदा विपक्षी गठबन्धनम बहुमत पुग्ने अवस्था छैन । वर्तमान सरकार रहने नरहने भन्नेमा संघीय संसदमा पनि माधव समूनै निर्णायक भूमिकामा रहेको देखिन्छ । यसैगरी प्रधानमन्त्री ओलीले जसपा ठाकुर समूहको साथ पाए पनि पार्टीभित्र माधव समूहका कारणले बहुमत प्राप्त हुनेमा ढुक्क छैनन् । दलहरुबीच सत्तासमिकरणको धुव्रिकरणले बैशाख पछिको राजनीतिले कुन मोड लिन्छ भन्नेमा अन्योल कायमै रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending