Ntc summer Offer
Khabar Dabali २० चैत्र २०८१ बुधबार | 2nd April, 2025 Wed
Investment bank

 विपक्षी गठबन्धनमा माधव नेपालको सहभागी : प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्न नदिने !

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाएपछि राजनीतिक धुब्रीकरण तिव्ररुपमा बढेको छ ।

 मंगलबार विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेलेका नेता माधव कुमार नेपाल र जसपाका अध्यक्षबीच प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गोप्य छलफल गरेका बुझिएको छ । 

बुधबार पनि प्रचण्ड, माधव र उपेन्द्रबीचमा ललितपुरको  हात्तिवान रिसोर्ट नजिकै एक घरमा छलफल गरेको फेरी कांग्रेस सभापति देउवासंग चार नेताको भेट गर्ने चाँजापाँजो मिलाएको स्रोतको दावी छ ।  

कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि  वर्ताामान सरकार अल्पमतमा परिसकेको छ । 


चार दलका नेताबीच संसदमा प्रधानमन्त्री ओलीलाई आवश्क पर्ने मत पुग्न नदिने रणनीति बनाइएको बुझिएको छ । पार्टीभित्र प्रधानमन्त्री ओलीको पेलानमा पर्दै आएका माधव नेपाल समूह सकभर विपक्षी गठबन्धनबाट ओली इतर बहुमत पुर्याउने बहुमत नपुगेको खण्डमा कि त आफु पक्षीय सांसदलाई अनुपस्थित गराउने कि त सामुहिक राजिनामा गर्ने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ । माधव नेपाल समेत सहभागि भएको यस भेटघाटलाई अत्यन्तै गोप्य राखिएको छ ।

यस्तै,सत्तासमिकरणको विषयलाई लिएर विभाजको मुखमा रहेको जसपा बाबुराम–उपेन्द्र समूह र महन्त–राजेन्द्र समूहबीच हस्ताक्षर अभियान नै चलाइरहेका छन्  । वर्तामान ओली सरकारलाई नै निरन्तरता दिनु पर्ने ठाकुर समूह र ओलीको विकल्प खोज्नु पर्ने बाबुराम–उपेन्द्र समूह छुट्टाछुट्टै गठबन्धनमा सहभागी हुँदै आएका छन् ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर, राजेनन्द्र महतो सहतिका नेताहरुले ओलीसंग गोप्य छलफल गरेको बुझिएको छ । सहभागी एक नेताको अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन प्रत्यक्ष लागि नपर्ने र त्यसैदिन माधव समूहका सांसदहरुको गतिविधि हेरर कारवाही प्रकृया अघि बढाउने मनस्थितिमा ओली रहेको जानाएको छ । तर, एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासको मतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन । उनीहरुको गतिविधिलाई सबै गोप्य राखिएको छ ।

संसदमा जसपाले संस्थागत निर्णय नलिदा विपक्षी गठबन्धनम बहुमत पुग्ने अवस्था छैन । वर्तमान सरकार रहने नरहने भन्नेमा संघीय संसदमा पनि माधव समूनै निर्णायक भूमिकामा रहेको देखिन्छ । यसैगरी प्रधानमन्त्री ओलीले जसपा ठाकुर समूहको साथ पाए पनि पार्टीभित्र माधव समूहका कारणले बहुमत प्राप्त हुनेमा ढुक्क छैनन् । दलहरुबीच सत्तासमिकरणको धुव्रिकरणले बैशाख पछिको राजनीतिले कुन मोड लिन्छ भन्नेमा अन्योल कायमै रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी सांसद घर्तीसँग वार्ता- राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती सङ्घीय संसद्, प्रतिनिधिसभाको सांसद छन्। उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुकुमपू...

दुर्गा प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका

काठमाडौं । नेपालमा व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गर्न सुरक्षा निकायलाई कठिन भएको छ। शुक्रबार साँझदेखि फरा...

सहकारी ठगीमा संलग्न दुई फरार कांग्रेस र राप्रपा सांसदको पद जोगाउन चलखेल, सभामुखकै साथ

रविलाई भने सभामुखले फास्ट ट्रयाकमा गरेका थिए निलम्बन

एसइईको नतिजा असार ७ गतेभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)  सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ प...

सागसब्जी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ ।  काममा ढिलासुस्ती...

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोज...

नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा द...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ । थाइल्याण्...

विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ? (सूचीसहित)

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy