Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

खबरडबली संवाददाता

काठमाडौं । ट्राफिक जाम बढी हुने तीनकुने–जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास बनाउन जापान सरकारसँग ऋण सम्झौता गरिएको छ । अर्थ मन्त्रालयमा बुधबार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा ‘एक्सचेन्ज अफ नोट्स’ मा सचिव घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे ।

ऋण सम्झौतामा भने मन्त्रालयकै अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार जापानले उक्त आयोजनाका लागि ३४ अर्ब ५९ करोड जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराउनेछ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थ मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आयोजना कार्यान्वयन गर्नेछ ।

हस्ताक्षरपछि जाइकाका नेपाल प्रमुख मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थापनमा सुधार हुने जापानी राजदूत तोरुले विश्वास व्यक्त गरे ।

ऋण सम्झौता गरिएसँगै बढी ट्राफिक जाम हुने कोटेश्वर खण्डमा फ्लाइओभर र अन्डरपास निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । गत २ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय भएको थियो ।

ऋण सम्झौताबारेको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै अर्थबाट सडक विभागमा आएपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढ्ने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘अब पहिला परामर्शदाता छनोटको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘त्यसपछि विस्तृत सर्भे र डिजाइन थाल्छौं ।’ अहिलेसम्म सम्भाव्यता अध्ययन मात्र भए पनि अब विस्तृत अध्ययनको काम हुने उनको भनाइ छ ।

‘तीनकुने पुलबाट मुनिभैरव मन्दिरसम्म फ्लाइओभर निर्माण हुन्छ,’ अर्यालले भने, ‘मन्दिरमुनिबाट ‘पहिला सुरुङ निर्माण गर्ने भनिए पनि ‘कट एन्ड कभर’ निर्माण गर्ने भनिएको छ । यसमा पहिला माटो काटेर फालिन्छ, त्यसपछि माथिबाट स्ल्याप सवारीसाधन गुड्ने बनाइन्छ ।’ अन्डरपास र फ्लाइओभरले जहाज ओहरदोहोरमा समस्या नहुने उनले जनाए । पूर्वसम्भाव्यता अध्ययनअनुसार तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ ।

मुनिभैरव मन्दिरनजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिबाट जडीबुटी निस्कने गरी ६ सय १० मिटर दूरीको अन्डरपास निर्माण हुनेछ । त्यहाँबाट मनोहरा खोलामा निर्मित नयाँ पुलसम्म जोड्ने गरी करिब २ सय ३८ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । जाइकाले करिब डेढ वर्ष लगाएर पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । पूर्वसम्भाव्यता अध्ययनपछि सडक विभागले मुनिभैरव मन्दिर हुँदै विमानस्थलमुनिबाट सुरुङ बनाउने जनाएको थियो ।

‘कट एन्ड कभर’ पनि सुरुङ जस्तै भए पनि माथिबाट स्ल्याब हालिन्छ, यसलाई कलंकीको अन्डरपास जस्तै भन्न मिल्यो,’ अर्यालले भने, ‘विस्तृत अध्ययनपछि भने लम्बाइ तलमाथि हुन सक्छ ।’ अब डिजाइनका लागि परामर्शदाता छनोट गरिने अर्यालले सुनाए । ‘परामर्शदाता छान्न करिब डेढ वर्ष लाग्छ,’ उनले भने, ‘दुई वर्षभित्र भने निर्माण थाल्छौं ।’

यसको निर्माणसम्बन्धी मापदण्ड पनि बनाउनुपर्ने भएकाले केही बढी समय लाग्ने उनको भनाइ छ । समग्र आयोजना निर्माण अवधि ६ वर्षको हुनेछ । चार लेनको बन्ने फ्लाइओभर र अन्डरपासमा दुई लेनमा सवारीसाधन जाने र दुई लेनमा आउनेछन् । सबैभन्दा बढी ट्राफिक जाम हुने भएकाले नै उक्त खण्डमा फ्लाइओभर र अन्डरपास बनाउन लागिएको अर्यालले जनाए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending