Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

बागलुङका बैंक तथा वित्तीय संस्थामा आलोपालो प्रणाली लागू

रासस

बाग्लुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् । नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ ।

सदरमुकाममा २८ वाणिज्य÷विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन् । न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बैंकर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो । प्रभु बैंकले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउण्टर सञ्चालन गर्ने जनाइएको छ ।

सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैंकहरूलाई आग्रह गरेको छ ।

बागलुङ नगरपालिकामा मङ्गलबारदेखि दश दिनसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले खाद्यन्न, तरकारी, फलफूल, दूध, मासुलगायत दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । अन्य पसल, व्यवसाय बन्द छन् । अत्यावश्यकबाहेकका सवारीसाधन पनि ठप्प छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमोर्चाका सांसद विश्वकर्माको अनुभव- सत्तामा जानका लागि संसद्मा दृष्य र अदृष्य दुवै खालका खेल हुँदा रहेछन्

काठमाडौँ । राष्ट्रियसभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसद्भित्र देशको हितमा...

भारतले आजदेखि गर्‍यो नेपालमा विद्युत् आपूर्ति नियन्त्रण, कुलमान भन्छन्- लोडसेडिङको हल्ला बेकार

काठमाडौं । भारतले आजदेखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत्...

नागार्जुनस्थित स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ ।  स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ता...

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, एजेण्डा के छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार (आज) केन्द्रीय कार्यसम्पादन समिति बैठक ब...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानक...

गण्डकी प्रदेश आख्यान महोत्सव, १० जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महो...

बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

बरहथवा । सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् ।  यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने न...

आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन्।  भक्तपुरको सूर्यवि...

दुई वर्षमा सक्नेगरी ठेक्का भएको भुरुङ्दीखोला मोटरेबल पुल ९ वर्षसम्म अधुरै

पर्वत । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy