Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

खबरडबली संवाददाता

म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ । 

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताउनुभयो । “अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, ‘निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछाँै । सिलिण्डर पनि तयारी अवस्थामा छन् ।’

बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छवटा साना अक्सिजनका सिलिण्डर छन् । अस्पतालका सिलिण्डर बिरामीलाई घर लैजान दिइएको छैन । दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ । 

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा आउने बिरामी र नियमित अक्सिजन लगाउनुपर्ने बिरामीका लागि बाहिरबाट अक्सिजन आयात हुन छाडेको बताउनुभयो । अस्पतालमा भएका सबै ३० वटा शय्यामा अक्सिजन पाइप जडान गरिएको छ । आकस्मिक, मिर्गौला डायलायसिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइप लाइन जडान भएको छ । सिलिण्डर भरेर ओसार्नु पर्दैन । 

पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । गत पुषदेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको  १० लाख बजेटले पलान्टबाट अस्पतालको बेडमै अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको हो । पलान्टले एक दिनमा १५ वटा सम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको छ । हाल १० वटा सम्म सिलिण्डर भर्ने डाक्टर कडेलले बताए । 

अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ जना स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रसोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न  ६३ लाख खर्च भएको छ । 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending