काठमाडौँ । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।
वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए । 'चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ', उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८१ - १९:४५
काठमाडौं । आइतबार राति मधेसबाहेक देशका सबै प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज...
चैत्र २ गते, २०८१ - १९:१९
गोरखा । १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एकजनालाईइ पक्राउ गरेको छ । पकउ पर्नेमा पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनार रहेका छ...
चैत्र २ गते, २०८१ - १९:१९
काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्या...
चैत्र २ गते, २०८१ - १९:०६
काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्...
चैत्र २ गते, २०८१ - १९:०२
काठमाडौं । स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको...
चैत्र २ गते, २०८१ - १८:५६
काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८२ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने...
चैत्र २ गते, २०८१ - १८:५४
झापा । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कु...
चैत्र २ गते, २०८१ - १८:४४
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको...
चैत्र २ गते, २०८१ - १८:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन्...
चैत्र २ गते, २०८१ - १८:१७
काठमाडौं । पौने तीन करोड रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेका ३१ वर्षीय क...
प्रतिकृया लेख्नुहोस्: