काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएका छन् । प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएका हुन् । योसँगै उनी पदमुक्त भएका छन् ।
मतदानमा २३२ सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खस्यो भने विपक्षमा १२४ मत खस्यो । १५ सांसद भने तटस्थ बसेका छन् । ३९ सांसद अनुपस्थित रहे ।
प्रतिकृया लेख्नुहोस्: