काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन प्रकृयाबारे छलफल गर्न गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्।
देउवा निवास बुढानिलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको देउवाका सहयोगी भानु देउवाले बताएका छन् । बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत रहेको छ भन्ने प्रस्तावको पक्षमा ९३ मात्र मत परेको थियो । विपक्षा १२४ मत परेको थियो । संसदमा हाल कायम रहेको २७१ को बहुमत संख्या १३६ पुर्याउन नसक्दा प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त भएका थिए । मतविभाजनमा उनकै दलका २८ सांसदले भोट हालेका थिएनन् भने जसपा महन्त ठाकुरका १५ सांसद तटस्थ बसेका थिए ।
राष्ट्रपति भण्डारीले दिएको तीन दिन समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत सिद्ध गर्न नसके संविधानको धारा ७६ (३) अनुसार संसदमा रहेको ठुलो दल नेकपा एमालेकै नेतृत्वमा सरकार बन्ने प्रकृया अघि बढ्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: