काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ।
प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको जवाफ माग गर्दै विपक्षी दलहरूले संसद्मा विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग राखेका छन्।
यसै क्रममा सभामुखले विपक्षी दलहरूलाई विरोधको शैली परिवर्तन गर्न आग्रह गरेपछि नेकपाका सांसद प्रमेशकुमार हमालले आपत्ति जनाएका हुन्।
सांसद हमालले सभामुखले आन्दोलनको शैली परिवर्तन गर्न आग्रह गर्नुभन्दा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर विषय स्पष्ट पार्न निर्देशन दिनुपर्ने बताएका छन्।
‘आज सभामुख महोदयले आन्दोलनको रूप फेर्न आग्रह गर्नुभयो। तर उहाँले प्रधानमन्त्रीज्यू यहीँ आएर विषय स्पष्ट पार्नुस् भनेर किन भन्नुभएनरु’ हमालले प्रश्न गरे।
प्रधानमन्त्रीमाथि उठेका प्रश्नको जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्। तर सभामुखले उल्टै विरोधको शैली परिवर्तन गर्न आग्रह गरेपछि नेकपाले त्यसप्रति असन्तुष्टि जनाएको हो।
राष्ट्रियता सम्बन्धी विषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ नआएसम्म आफूहरूको विरोध जारी रहने सांसद हमालले बताए।
गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा अभिव्यक्ति दिएका थिए। उनले नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको आफूले प्रधानमन्त्री बनेपछि मात्र थाहा पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न तथ्य प्रस्तुत गर्नुपर्ने वा अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेका छन्।
संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था रहेको भन्दै विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भए पनि त्यसको नियमित कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सभामुखले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...
श्रावण ३ गते, २०८३ - १५:०३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...
श्रावण ३ गते, २०८३ - १४:४०
काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...
श्रावण ३ गते, २०८३ - १३:४१
जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...



प्रतिकृया लेख्नुहोस्: