पोखरा । पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री रहनुपर्ने अडान लिँदै राष्ट्रिय जनमोर्चा पार्टीका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सोमबार पार्टी सचेतक पियारी थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न ह्विप जारी गरे कृष्णले हस्ताक्षर गर्न नमानेका हुन् ।
जनमोर्चाका अर्का सांसद खिमविक्रम शाही भने कांग्रेस, माओवादीको नयाँ सरकारलाई साथ दिन तयार छन् ।
प्रतिकृया लेख्नुहोस्: