Ntc summer Offer
Khabar Dabali ५ चैत्र २०८१ बुधबार | 19th March, 2025 Wed
Investment bank

दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

रासस

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न उद्योगमा खाली रहेका सिलिण्डरलाई सङ्कलन गरी भरेर जिल्लाका दुई अस्पतालमा वितरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी, मानवीय क्षति रोकथाम तथा सङ्क्रमणदर नियन्त्रण गर्न नेपाल प्रहरीको प्रयासमा सो सिलिण्डर सङ्कलन गरी अक्सिजन भरेर वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका विभिन्न व्यापार–व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न वितरण केन्द्र र सहयोगी व्यक्तिबाट सङ्कलन गरिएको खाली सिलिण्डर भरी त्यसको पारदर्शी वितरण गर्ने अभियान अनुरुप बिहीबार धुलिखेलस्थित धुलिखेल अस्पताललाई ३० थान र बनेपास्थित शिर मेमोरियल अस्पताललाई १० थान हस्तान्तरण गरेको बताए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुई दिनमा ६७ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेको र पनौतीस्थित नवज्योति ग्यास प्रालिबाट उक्त खाली सिलिण्डरह भर्ने कार्यसमेत भइरहेको छ । कार्यालयले करिब १०० वटा खाली सिलिण्डर सङ्कलन गरेर अक्सिजन भरी हस्तान्तरण गर्ने जनाएको छ ।

त्यसरी सङ्कलन गरिएका सिलिण्डरमा नमेटिने गरी नाम लेखिएको कारणपछि अवस्था सहज भएपश्चात सम्बन्धित व्यक्ति, उद्योग र डिपोलाई नै फिर्ता गर्ने गरी सम्झौता गरेको जनाएको छ । अहिले खाली सिलिण्डर भर्नका लागि लाग्ने रकमसमेत जिल्ला प्रहरी कार्यालयले नै व्यहोरिरहेको र त्यसलाई पछि कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टले व्यहोर्ने भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । त्यससँगै थप खाली सिलिण्डर सङ्कलन गर्ने कार्यसमेत जारी रहेको अवस्थामा सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न इच्छुक महानुभावलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै अस्पतालभन्दा बाहिर अत्यावश्यक स्वास्थ्य उपचार प्रयोजनबाहेकका सिलिण्डर सङ्कलन गरी फिर्ता दिई अस्पताल प्रयोजनमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा बढ्दो राजावादी गतिविधिलाई भारत र चीनको सद्भाव छ ?

काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राखेर भएका प्रदर्शनमा कतिपय दलका नेताहरूले बाह्य शक्तिको चलखेललाई आरोप लगाए पनि भारत र चीनका विज्ञहरूल...

लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि दुई सय ३६ ह्याचरी उद्योग बन्द

चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हु...

स्ववियु निर्वाचन- अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ ।  अहिले बिहान ८...

जनआन्दोलन समितिबारे छलफल गर्न कमल थापाले पनि बोलाए बैठक

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।   अध्यक्ष थापाले आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय ...

राजावादीमा विवाद- नवराज सुवेदीको ‘जनआन्दोलन समिति’प्रति लिङ्देन असन्तुष्ट, आजको बैठकमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।   व्यवस्थाविरोधी दल तथा समूहका व्यक्तिहरूले पूर...

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिक...

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछा...

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौँ । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्नेमात्र होइन, उन...

माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ ...

आजको मौसम- पश्चिमी वायुको आंशिक प्रभावले यी प्रदेशमा हुँदैछ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy